भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा « Khabarhub

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा निकालेको छ ।

आदिकवि भानुभक्त आचार्यको २ सय १२ औं जन्म जयन्तीको अवसरमा आदिकवि भानुभक्तको तस्विर सहितको रथ यात्रा निकालिएको हो । रथयात्राले विराटनगर महानगरपालिका कार्यालयबाट शुरु भएर नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

सो क्रममा भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषामा उनले पुर्‍याएको योगदान बारेमा चर्चा गरिएको थियो ।

विराटनगरमा रहेका साहित्यकारहरुको बाक्लो उपस्थिति साथै विद्यार्थीहरूको सहभागितामा र्‍याली साथै भानुभक्तको विषयमा जानकारी गराइएको  थियो । रथ यात्रामा साहित्यकार, कलाकार, विद्यार्थी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गते आइतबार देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ४ : २९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको