स्वारेजले अन्तिम समयमा उत्कृष्ट गोल गर्दा आर्सनल पराजित « Khabarhub

स्वारेजले अन्तिम समयमा उत्कृष्ट गोल गर्दा आर्सनल पराजित


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खेलको अन्तिम समयमा लुइस स्वारेजले उत्कृष्ट गोल गर्दा आर्सनल विरुद्धको मैत्रिपूर्ण खेलमा बार्सिलोना बिजयी भएको छ ।

प्रि सिजन अन्तर्गतको अन्तिम खेलमा इंग्लिस क्लब आर्सनले स्पेनिस क्लब बार्सिलोना विरुद्ध बलियो टीमलाई मैदानमा उतारेको थियो । तर उसले घरेलु टोलीलाई रोक्न सकेन ।

खेलको दोस्रो हाफमा आर्सनलका एइन्स्ली माइट्ल्याण्डले आत्मघाती गोल गरेसँगै खेलमा बार्सिलोनाले थप दबाब सिर्जना गरेको थियो ।

खेलको पहिलो हाफमा पिएर एमरिकको गोलबाट आर्सनलले अग्रता लिएको थियो । तर दोस्रो हाफमा निल्सले बार्सिलोनाका लागि गोल उपहार दिएपछि बराबरीको अवस्था बन्न पुग्यो ।

खेलको अन्तिम समयमा बार्साका स्ट्राइकर स्वारेजले आफ्नो पूर्व क्लब विरुद्ध उत्कृष्ट गोल गर्दा बार्सिलोनाले नयाँ सिजनको सुखद् शुरुवात गर्ने भएको छ ।

मेस्सीलाई आराम दिइएको खेलमा ९८ हजार ८ सय १२ दर्शकले १०७ मिलियन पाउन्डमा बार्सिलोना भित्रिएका एन्टोनी ग्रिजम्यानको पहिलो झलक हेर्न पाएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ३७ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी