अमेरिकामा हिंसालाई कुनै स्थान छैन – ट्रम्प « Khabarhub

अमेरिकामा हिंसालाई कुनै स्थान छैन – ट्रम्प


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टेक्सस र ओहायोमा २९ जनाको ज्यान जानेगरी गोलीकाण्डहरू भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घृणालाई आफ्नो देशमा कुनै स्थान नभएको बताएका छन् ।

यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्ने विषयमा ट्रम्पले महान्यायाधिवक्ता, गुप्तचर निकाय एफबीआई र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको बताएको बीबीसीले जनाएको छ ।

त्यसबारे उनले सोमवार (आज) आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा बताउने योजना बनाएका छन्।

ट्रम्पले भविष्यमा यस्ता खालका घटना हुन नदिन अझै धेरै गर्नु पर्ने बताएका छन् । उनले भने, “हाम्रो देशमा हिंसालाई कुनै स्थान छैन । हामीले यसलाई रोक्नका लागि आवश्यक काम गर्नेछौँ। यस्ता घटना वर्षौँदेखि भइरहेका छन्। अब हामीले यसलाई रोक्नैपर्छ।”

उनले अल पासो र डेटनमा भएका घटना “मानसिक रोगको समस्याका कारण” भएको बताए।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : ०१ बजे

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय