रेडबुल बोकेको ट्रक त्रिशूलीमा खस्यो, खोजीकार्य जारी | Khabarhub Khabarhub

रेडबुल बोकेको ट्रक त्रिशूलीमा खस्यो, खोजीकार्य जारी


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २: ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ

। ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ८ : ३० बजे

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

मुस्ताङ– म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा

तामाखानी उत्खननका लागि खोजतालस सुरु

बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत– बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन