जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस « Khabarhub

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ ।

मुलपानी क्रिकेट मैदानमा सुरु भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा गरिराखेका छन् ।

सुरुमा ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ५८ ओभर तीन बलमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाएको छ । उसका लागि इम्रान शेखले अर्धशतक बनाए । १३७ बलको सामना गरेका उनले ५० रन पूरा गरेका हुन् ।

आर्मीका लागि भीम सार्की ३९, कुशल मल्लले ३८, तीर्थराज दासले ३२, बसिर अहमेदले ३० रन जोडे । सोमपाल कार्मीले २१ बलमा १७ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले भने रन जोड्न सकेनन् ।

आर्मीलाई सस्तैमा रोक्न नेपाल पुलिसका लागि राशिद खानले चार विकेट हात पार्दा करण केसी र ललितनारायण राजवंशीले समान तीनतीन विकेट हात पारे ।

फाइनल खेलको पहिलो दिन नै १० विकेट गुमाएको आर्मीले दिएको २२२ रनको चुनौती पछ्याएको नेपाल पुलिसले ११ ओभरको समाप्तिमा ४१ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ । पुलिसका ओपनर दिनेश खरेल ३३ बलमा ११ रन बनाएर आउट हुँदा अमित श्रेष्ठ १ रन बनाएर पेभिलियन फर्किए ।

अर्का आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल १२ बलमा १८ रन बनाएर आउट भइसकेका छन् । पुलिसविरुद्ध आक्रामक बलिङ सुरु गरेका आर्मीका सोमपाल कामीले दुई विकेट हात पार्दा आकाश चन्दले एक विकेट लिएका हुन् । फाइनल खेलमा पहिलो दिन नै तीन विकेट गुमाइसकेको पुलिसले दोस्रो दिन १२ औं ओभरबाट ब्याटिङ सुरु गर्दैछ ।

यसअघि फागुन १७ देखि १९ गतेसम्म तय भएको फाइनल खेल निर्वाचनका कारण सारिएको थियो । दुई दिवसीय प्रतियोगिताको फाइनल खेल तीन दिवससीय हुनेछ । जय ट्रफीका गत संस्करणको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेको आर्मी, पुलिस, एपिएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : ३७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल