यी ४ कारणले हुनसक्छ पुरुषमा स्तन क्यान्सर « Khabarhub

यी ४ कारणले हुनसक्छ पुरुषमा स्तन क्यान्सर


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया मानिसहरु स्तन क्यान्सरको खतरा महिलालाई मात्र हुने सोच्छन् । तर स्तन क्यान्सर महिलालाई बढी हुने भएपनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा हुने गर्छ । पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा धेरै जटिल हुन्छ ।

सामान्यतया उमेर धेरै भएका व्यक्तिहरुलाई यसको बढी खतरा हुन्छ । पुरुषको वक्षस्थलमा मासु धेरै हुँदैन यसकारण ब्रेस्टको ट्युमर सहजै पत्ता लगाउन सकिन्छ । पुरुषका केही कुराहरुले स्तन क्यान्सरको खतरालाई बढाउँछ ।

कलेजोको बिरामी भएका पुरुषलाई स्तन क्यान्सर हुने खतरा धेरै हुन्छ । जुन पुरुषमा बीआरसीए जीन वा क्लिन सेल्टर सिन्ड्रोम हुन्छ उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना अत्यन्त उच्च हुन्छ । यो बाहेक फ्याटी लिभर र लिभर सिरोसिसको लामो समयसम्म उपचार नगरे स्तन क्यान्सर हुन सक्छ ।

रेडियसनको सम्पर्कमा आउँदा

कतिपय रोगहरुको उपचार गर्दा रेडियसन थेरापीको प्रयोग गरिन्छ । यो थेरापीको कारण स्तन क्यान्सरको खतरा बढ्छ । यदि तपाईले कुनै रोगको उपचार गर्दा रेडियसन थेरापीको सहारा लिनुभएको छ भने भविष्यमा स्तन क्यान्सर हुने सम्भावना बढ्दै जान्छ ।

उमेर

उमेर बढ्दै जाँदा पनि पुरुषमा स्तन क्यान्सर हुन सक्ने खतरा रहन्छ । सामान्यतया ४० देखि ६० वर्षसम्म पुरुषमा क्यान्सरको धेरै खतरा हुन्छ । यसका कारण उमेरको यो समयमा आइपुग्दा खानपान, जीवनशैलीलाई स्वस्थ र व्यवस्थित बनाउन जरुरी छ ।

मोटोपन

मोटोपन धेरै रोगहरुको कारण बनेको हुन्छ । पुरुषमा मोटोपनका कारण स्तन क्यान्सरको समेत सम्भावना रहन्छ । मोटोपनको कारण शरीरमा फ्याट सेल्सको संख्या बढ्छ र पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ । यो बाहेक फ्याट सेल्सले शरीरमा एस्ट्रोजनको मात्रा बढाउँछ, जुन पुरुषमा हुने ब्रेस्ट क्यान्सरको प्रमुख कारण हो ।

मद्यपान तथा धुमपान

अल्कोहल सेवन गर्ने बानी भएका पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ । स्तन क्यान्सरबाट बच्न धुमपान तथा मद्यपानको प्रयोगलाई शुन्य बनाउनु पर्छ । स्तन क्यान्सरको कारण छातीमा असहज महसुस हुन्छ । स्तनको आकारमा परिवर्तन आएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ११ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र