कतारमा रंगशाला बनाउँदै नेपाली श्रमिक– १६ घन्टा काम, न सम्पर्क, न दाम ! | Khabarhub Khabarhub

कतारमा रंगशाला बनाउँदै नेपाली श्रमिक– १६ घन्टा काम, न सम्पर्क, न दाम !


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ ।

हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय रहेको छ । विभिन्न समयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि कतारमा रंगशाला निर्माणमा काम गर्ने श्रमिकमाथि चरम शोषण भइरहेको तथ्यहरु बाहिर ल्याइसकेका छन् ।

रंगशालामा काम गर्ने विदेशी श्रमिकलाई १६ घन्टासम्म निर्माण कम्पनीले काम लगाउने गरेको गुनासो विदेशी श्रमिकले गर्दै आएका छन् ।

रंगशालामा पेलिँदै नेपाली श्रमिक

निर्माणधिन रंगशालामा काम गर्ने पुगेका नेपाली श्रमिक पनि १६ घन्टासम्म काम गर्ने बाध्य छन् । इलामका राजु भण्डारी गत वर्षको वैशाख महिनामा रोजगारीका लागि कतार गएका थिए ।

उनलाई नेपालबाट म्यानपावर कम्पनीले कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने भनेर कतार पठाएको थिए । नेपालबाट कन्स्ट्रक्सनमा सामान्य काम गर्ने भनेर म्यानपावरले कतार पठाएको भण्डारीले बताए । तर कतार पुगेपछि रंगशालामा १४ घन्टासम्म खटिनु परेको उनको भनाइ छ ।

‘रंगशालामा धेरै नेपाली कामदार रहेका छन् । प्राय सबै लेबर काम गर्नेले १६ घन्टा त काम गर्नेपर्छ । मैले नै १४ घन्टासम्म काम गरेर आएको हुँ’ उनले भने, ‘रंगशालाभित्र काम गर्ने विदेशी कामदारमाथि चरम शोषण भइरहेको छ । त्यहाँ काम गर्ने ठेक्का पाएका कम्पनीले विदेशी कामदारलाई दवाव दिएर धेरै काम लगाउँछन् । रंगशालामा कार्यरत विदेशी कामदारले बाहिर निस्कन नै पाँउदैनन् ।’

कतारमा रंगशालाभित्र काम गर्ने श्रमिकले १ हजार २ सय रियाल पाउनेगरेको उनको भनाइ छ । यस्तै, काभ्रे बनेपाका दिलाराम गिरी पनि २ वर्ष कतारको रंगशालामा वेल्डिङको काम गरेर नेपाल फर्किएकको बताउँछन् ।

शनिवार स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका  गिरीले १४ महिना कतारको रंगशालामा काम गरेको बताए । ‘खाने र सुत्ने ढुंगो हुँदैन थियो । म ९ महिना बाहिर ननिस्किइ काम गरें । म जस्ता लेबर काम गर्ने नेपालीसँग विदेशी श्रमिकले घामपानी कस्तो हुन्छ थाहा पाँउदैन् । म कम्पनीमा काम गर्ने गएको मान्छे सप्लाई कम्पनीमा परेर रंगशालामा काम गर्ने पुगें,’ उनले भने, ‘कतारको रंगशालाभित्र काम गर्ने विदेशी श्रमिकलाई पछिल्लो समय ठेकेदारले मोवाइल फोन र इन्टरनेटको सुविधा बन्द गरेका छन् । त्यहाँ काम गर्ने कामदारलाई विभिन्न संघसस्था र मिडियासँग भेट गर्न दिने गरेका छैनन् । जसका कारण रंगशाला भित्र काम गर्ने श्रमिक समस्या बाहिर आउन सकेका छैनन् ।’

पैसा कमाइ राम्रै भएपनि ज्यान जोगाउन मुस्किल हुने रंगशालामा काम गर्ने कामदारको भनाइ छ । आफूहरु जस्ता करिब ६० हजार नेपाली श्रमिक रंगशालामा कार्यरत रहेको उनीहरुको अनुमान छ । ती मध्ये अधिकांशले तल्लो तहको मजदुरी ‘लेबर’ काम गदै आएका छन् ।

नेपाली युवाका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यभित्र कतार पर्छ । गत आर्थिक वर्षमा संख्या १ लाख ६५ हजार ३ सय २८ जना पुरुष र महिला संख्या ४ हजार ८ सय ८७ जना गरी १ लाख ६१ हजार २ सय १५ जना कतार रोजगारीका लागि गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो आर्थिक वर्षमा सवैभन्दा धेरै रोजगारीका लागि नेपाली कतार पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । यो आर्थिक वर्षमा रोजगारीका लागि कतार पुगेका १ सय ६५ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्याङ्कले देखाएको छ ।

कतार रोजगारीका लागि गएका धेरै नेपाली श्रमिकले कार्यस्थलमै ज्यान गुमाउने गरेको विषयमा गत जेठ २२ गते अरब न्युजले एउटा समाचार प्रकाशित गरेको थियो । कतारमा विश्वकपका लागि रंगशाला निर्माण हुन थालेपछि ९ वर्षको अवधिमा रंगशाला निर्माणमा काम गर्न गएका करिब १ हजार ४ सय नेपाली श्रमिकले ज्यान गुमाएको समाचारमा उल्लेख गरिएको थियो ।

रंगशालामा काम गर्न पुगेका ठूलो संख्या नेपाली कामदारको मृत्यु र अंगभंग भएपनि यस्तो घटना तत्काल बाहिर आउँदैन । कतारमा रहेका नेपालीको संस्था (बीडब्लुआई)का संयोजक जेबी गुरूङ कतारको रंगशालामा काम गर्ने आएका नेपाली कामदारको अवस्था नाजुक भए पनि बाहिर नआउने गरेको बताउँछन् ।

संयोजकका गुरूङका अनुसार रंगशालामा काम गर्ने विदेशी कामदार अवस्था बुझ्न मानव अधिकार आयोगले पनि कुनै ठोस कदम चाल्न सकेको छैन । रंगशालाभित्र काम गर्ने श्रमिक दास नै भएको उनको भनाइ छ ।

सरकार मौन

रोजगारीका लागि कतार मात्र होइन, खाडीका देश र मलेसिया पुगेका धेरै नेपाली कामदारले ज्यान गुमाइरहेका छन् । गएका ११ वर्षमा वैदेशिक रोजगारीमा गएका ११ हजारले ज्यान गुमाएका सरकारी तथ्याङ्कमा छ ।

वैदेशिक रोजगारीमा गएका वार्षिक १ हजारभन्दा धेरै नेपाली श्रमिकले स्रोत देशमै मृत्यु भएर शव नेपाल ल्याउने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्याङ्कमा छ । तर, सरकारले के कारण रोजगारीका लागि गएका नेपाली श्रमिकको विदेशमा मृत्यु भइरहेको छ भने विषयमा खासै अध्ययन गरेको पाइदैन ।

मलेसिया पछि धेरै नेपालीको मृत्यु कतारमा हुने गरेको बोर्डको तथ्याङ्कमा छ । सरकारले यति ठूलो संख्यामा रोजगारीमा गएका नेपालीको विदेशमा मृत्यु भएपनि यो समस्याको समाधान भने खोजेको पाइँदैन् ।

यति ठूलो सख्यामा मृत्यु भइरहेको देश कतार कामदार पठाउन विषयमा सरकार गम्भीर पनि देखिदैन । अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओे) को मापदण्डमा धेरै कामदार मृत्यु हुने देश श्रमिक आपूर्ति नै रोकेर समस्या समाधान खोज्नु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १० : ५३ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन