कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज « Khabarhub

कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ३७० खारेज गर्ने भएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले तल्लो सदन लोकसभामा सम्बोधन गर्दै धारा ३७० खारेज गरिने घोषणा गरेका हुन् । धारा ३७० कै आधारमा कश्मीर भारतमा विलय भएकाले संविधानको यही धाराका आधारमा कश्मीरलाई अरु राज्यको भन्दा अधिक स्वायत्तता रहँदै आएको छ ।

तर, सरकारको यो घोषणालाई लिएर विपक्षीहरुले भने चर्को विरोध गरेका छन् । सरकारको यही घोषणाका कारण कश्मीरमा हिंसा मच्चिनसक्ने अनुमान गरिएको छ ।

सरकारले गएरातिबाट कश्मीरका अधिकांश स्थानमा टेलिफोन, मोबाइल सेवा इन्टरनेट, टेलिभिजन, सामाजिक सञ्जाल र अन्य किसिमका सूचना र सञ्चारका क्षेत्र पूर्ण रुपमा बन्देज गरेको समाचार सार्वजनिक भएको थियो ।

यससँगै भारत सरकारको पछिल्लो घोषणा हुनुअघि प्रभावशाली कश्मीरका राजनीतिक दलका नेताहरुलाई नजरबन्दमा राखिएको समाचार आएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : २६ बजे

१७ असोजमा रास्वपा केन्द्रीय कमिटी बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले यही असोज १७ गते पार्टीको केन्द्रीय

सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय

काठमाडौं– स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा कञ्चनपुर दोधारा चाँदनी

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र