‘बागी ३’ मा श्रद्धा बन्दैछिन् एयर होस्टेज, टाइगर श्राफले विशेष तालिम लिने ! « Khabarhub

‘बागी ३’ मा श्रद्धा बन्दैछिन् एयर होस्टेज, टाइगर श्राफले विशेष तालिम लिने !


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – श्रद्धा कपूर आफ्नो फिल्मी करिअरमा धेरै खाले भूमिका निभाएकी छिन् । उनी अब सिल्भर स्किृनमा एयर होस्टेसको भूमिकामा देखिने चर्चा छ ।

भारतीय मिडियाका अनुसार श्रद्धाले आफूलाई यो भूमिकामा ढाल्नका लागि पूरै तरिकाले तयारी गरिरहेकी छिन् । बागी टिमले श्रद्धालाई भूमिकामा ढाल्नका लागि तयारी समेत थालिसकेको छ ।

यो फिल्मको छायांकन सेप्टेम्बरबाट शुरु हुनेछ । पहिले मुम्बई र त्यसपछि आगरामा छायांकन हुने यो फिल्मका केही दृश्य विदेशमा समेत छायांकन हुने टिमले जनाएको छ ।

यही फिल्मका लागि टाइगर श्राफ इजरायल गएर विशेष खालको तालिम लिँदैछन् । उनले फिल्मका लागि विल्ड मेसिन, शटगन र अन्य हतियार पनि चलाउन सिक्दैछन् ।

श्रद्धा कपूरले पनि फिल्ममा स्टन्ट गरेको देखिनेछ । फिल्म नबन्दै चर्चामा रहेको यो फिल्मका दुई भाग सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ३० बजे

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको