कश्मीरका विषयमा पाकिस्तानले भन्यो: भारतीय कदम गैरजिम्मेवार र अविवेकपूर्ण व्यवहार | Khabarhub Khabarhub

कश्मीरका विषयमा पाकिस्तानले भन्यो: भारतीय कदम गैरजिम्मेवार र अविवेकपूर्ण व्यवहार


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० खारेज गरेकोप्रति चर्को आलोचना गरेका छन् ।

उनले त्यहाँको राष्ट्रिय सुरक्षा समितिको बैठकमा भारतको पछिल्लो कदम ‘गैरजिम्मेवार, एकपक्षीय र अविवेकपूर्ण व्यवहार’ भएको भन्दै आलोचना गरेका हुन् ।

भारत र पाकिस्तानबीच सार्वभौमिकताको विवादमा रहेको कश्मीरका नेताहरुलाई नजरबन्दमा राखिएको तथा जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज गरिएकोप्रति प्रधानमन्त्री खानले विश्वका नेताहरुको ध्यानाकर्षण गरेको पाकिस्तान सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा भारतको पछिल्लो कदमले कश्मीरमा हिंसालाई बढाउने र रणनीतिक रुपमा संवेदनशील क्षेत्रमा अस्थिरतालाई बढाउने चेतावनीसमेत दिइएको छ । आणविक शक्तिसम्पन्न दुबै मुलुकहरुले कश्मीरका विषयमा दुईवटा युद्ध लडिसकेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : ३७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’