संसदबाट राजेन्द्र महतोको प्रश्न– मेरो नागरिकता खारेज भएको हो ? « Khabarhub

संसदबाट राजेन्द्र महतोको प्रश्न– मेरो नागरिकता खारेज भएको हो ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले सरकारबाट आफ्नो मानहानी भएको आरोप लगाएका छन् ।

सरकारले केही व्यक्तिको नागरिकता गरेको निर्णय सार्वजनिक भएको विषयमा सांसद महतोले आफ्नो मानहानी भएको आरोप लगाएका हुन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आइतबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै ८ जनाको नागरिकता खारेज गर्ने निर्णय भएको जनाएका थिए । सरकारले नागरिकता खारेज गरेका व्यक्तिमध्ये ‘राजेन्द्र महतो’ भन्ने नाम गरेका व्यक्ति पनि थिए ।

सामाजिक सञ्जालमा राजपा नेता महतोको नागरिकता खारेज भएको भन्ने हल्ला पनि चलेको थियो ।

सोही विषयलाई लिएर राजपा नेता महतोले सोमबारको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रमको खेती नगर्न पनि चेतावनी दिए ।

सञ्चारमाध्यमबाट आफ्नो नै नागरिकता खारेज भएजसरी समाचार सम्प्रेषण भएको उल्लेख गर्दै नेता महतोले सञ्चार माध्यमबाट पनि गैर जिम्मेवार काम भएको आरोप लगाए ।

नेता महतोले सरकारले आफूसँग माफी माग्नुपर्ने माग पनि अगाडि सारे ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ३ : ०९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी