गुठी विधेयकबारे छलफल गर्न समिति गठन | Khabarhub Khabarhub

गुठी विधेयकबारे छलफल गर्न समिति गठन


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हालै ल्याएको गुठी विधेयकको सन्दर्भमा गुठियारबीच छलफल चलाउन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न गुठियारहरुको एक कार्यसमिति गठन गरेको छ ।

काठमाडौँको ओलम्पस क्लबमा नेवार समुदायका विभिन्न खलः तथा पुचः सम्मिलित बैठकले समितिको अध्यक्षमा डा महेशमान श्रेष्ठ र उपाध्यक्षमा पवित्र बज्राचार्यलाई चयन गरेको छ ।

सचिवालय हेर्ने जिम्मेवारी नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारलाई दिइएको छ । सदस्यहरुमा क्रमशः ललितपुरबाट नानीकाजी शाक्य, रवीन्द्र ताम्राकार, सबिना महर्जन, ऋषिप्रसाद श्रेष्ठ, भक्तपुरबाट श्याम शिल्पकार, शान्तप्रकाश श्रेष्ठ, टोखाबाट श्रीकृष्ण मानन्धर, फम्पी सङ्घर्ष समितिबाट रोशन श्रेष्ठ र सक्व सङ्घर्ष समितिबाट राजा श्रेष्ठलाई चयन गरिएको छ ।

यस्तै खोना सङ्घर्ष समितिबाट नेपाल डङ्गोल तथा अशोक महर्जन, कीर्तिपुरबाट श्रीकृष्ण महर्जन, काठमाडौँबाट राजभाइ जकःमि, नानीहेरा महर्जन, सुमन सायमी, रवीन्द्र श्रेष्ठ, गणपतिलाल श्रेष्ठ, सुजीव बज्राचार्य, उमेश स्थापित, भगवान् शाक्य, रमेशमान पिया र सुरेश किरण मानन्धरलाई चयन गरिएको छ ।

समितिको सल्लाहकारमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठ, हितकरवीरसिंह कंसाकार, मल्ल के सुन्दर, डा पुष्पराज राजकर्णिकार र चन्द्र महर्जन रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ५२ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई