दशैँ तिहारका यात्रुको सुविधाका लागि १४ स्थानमा नागरिक सहायता कक्ष खोलिने | Khabarhub Khabarhub

दशैँ तिहारका यात्रुको सुविधाका लागि १४ स्थानमा नागरिक सहायता कक्ष खोलिने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले दशैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ ।

यातायात व्यवस्था कार्यालयमा बुधबार विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको थियो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि अनुरोध गर्दै पत्र लेखिने बताए । व्यवसायीसँग अहिले रहेको सवारी साधनको सङ्ख्या, अवस्थाका बारेमा बुझिएको उनले बताए ।

वैठकका क्रममा व्यवसायीले एक सातामा सबै विवरणसहित विभागमा आउने बताएका थिए । उनले भने, “आगामी सातामा उहाँहरुले विवरण ल्याएपछि नै अग्रीम टिकट खोल्नेलगायतका निर्णय हुनेछ ।”

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले वर्षाका कारण विभिन्न स्थानका सडक बिग्रीएकाले दशैँ अगाडि नै सडक विभागले बनाइसक्नु पर्नै बताए । दशैँ, तिहारलगायतका चाडपर्वका समयमा सवारी साधनले यात्रु गाडीभरी लिएर गए पनि फर्कदा रित्तै फर्कनुपर्ने बताए । उनले भने, “मिडियाले त्यो नबुझी व्यवसायीले चाडपर्वका समयमा धेरै कमाउने गरेको भन्दै आरोप लगाउँछन् ।”

चाडपर्वका समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण, अग्रीम टिकटलगायतका विषयमा विभागले सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ४२ बजे

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति

काठमाडौँ- भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक नाका सञ्चालन

पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू

काठमाडौं– प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग

बीपी प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति श्रेष्ठ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल

पुटिनसँग डराउँदै ईयू, कूटनीतिज्ञले भने – हामी जोगिनुपर्छ

एजेन्सी – छिमेकी मुलुक युक्रेनमा अतिक्रमण युद्ध लडिरहेको रूससँग यूरोपेली