१६ किलो सुन तस्करी प्रकरण– ३५ करोड ६६ लाख जरिवाना माग गर्दै मुद्दा दायर | Khabarhub Khabarhub

१६ किलो सुन तस्करी प्रकरण– ३५ करोड ६६ लाख जरिवाना माग गर्दै मुद्दा दायर


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ ।

गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो ।

विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिए । विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उनले बताए ।

“अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ”, जिल्ला अदालतका स्रेस्तेदार अधिकारीले भने, “प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।” राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गराएको हो ।

प्रतिवादी गुरुङले बयान क्रममा आफूले लोप्साङ लामा भन्ने व्यक्तिबाट सुन लिएको बताएका छन् । गुरुङले दिएको बयानका आधारमा लामाको पूरा ठेगाना खुलेमा लोप्साङ लामाविरुद्ध पूरक अभियोग लगाएर अनुसन्धान गरिने अभियोग पत्रमा उल्लेख छ । बरामद भएको सुनको मूल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ४८ बजे

विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

झापा– मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध

स्वर्णिमले भने- संविधान संशोधनले अहिलेका विकृत पखाल्न सक्नुपर्छ

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले

‘खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छ’

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको क्षेत्रमा देखिएका समस्या दीर्घाकालीन रूपमा समाधान

सरकारलाई माओवादीले सोध्यो- संविधान संशोधनको विषय कहाँ हरायो ?

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षीय दुई ठूला दल

संसद्को ढोका खुल्यो तर हामीलाई पीढीमा आएर बस भनियो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले संसद्को