आगामी तीन दिनको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना | Khabarhub Khabarhub

आगामी तीन दिनको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदलीसँगै वर्षा भएको हो ।  मनसुनको समय भएकाले वर्षा निरन्तर नभएर केही समय घाम लाग्ने केही समय वर्षा हुनेक्रम चलिरहने मौसमविदको भनाइ छ ।

विहीबार देशभर सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, शुक्रबार र शनिबार पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । पहाडी क्षेत्रमा पहिरोको जोखिम रहने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ६ : ३५ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।