कुन दिशातर्फ सिरानी छ ? यस्तो अवस्थामा निद्रा लाग्दैन « Khabarhub

कुन दिशातर्फ सिरानी छ ? यस्तो अवस्थामा निद्रा लाग्दैन


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हरेक थकित मानिसको एउटै चाहाना हुन्छ, आराम वा निन्द्रा । निन्द्रा लागेमा मानिस जहापनि जस्तो अवस्थामा पनि निदाउन सक्छ । केहि वृद्धहरुलाई उमेरका कारणले पनि निन्द्रा लाग्दैन ।

तर आजकल युवापिढीमा समेत निद्रा नलाग्ने समस्या बढ्दो छ । निन्द्रा नलाग्नुका धेरै कारणहरु हुन सक्छन् ।

त्यसमध्यको एक कारण हो, सही दिशामा सिरानी नहुनु । वायुमण्डलमा रहेका उर्जाका नकारात्मक किरण मानिसको शरीरमा प्रवेश गरे त्यसले नकारात्मक प्रभाव पार्ने गर्दछ । जसका कारणले मानिस निदाउन सक्दैनन् भन्ने धार्मिक मान्यता छ । यदि यस्तो अवस्था छ भने निम्न उपाय अपनाउँदा सहज निन्द्रा लाग्ने गर्छ ।

१. गृह प्रमुख व्यक्तिको शयन कक्ष घरको दक्षिण वा पश्चिम दिशा हुनुपर्छ । यसो गर्दा मज्जाले निन्द्रा लाग्दछ ।

२. यदि तपाईलाई बेलुकी निन्द्रा खटपट हुन्छ भने दक्षिण दिशामा सिरानी राखेमा गहिरो निन्द्रा पर्दछ ।

३. यदि दक्षिण दिशामा सिरानी राख्न सम्भव भएन भने पश्चिम दिशामा पनि राख्न सकिन्छ । तर उत्तर दिशामा सिरानी छ भने निन्द्रा पर्दैन साथै टाउको दुख्ने समस्या उत्पन्न हुन्छ ।

४. निन्द्राका लागि सबैभन्दा उत्तम दिशा भनेको पूर्व हो । यस दिशामा सिरानी राखेर सुतेमा जस्तो सुकै अवस्थामा पनि सहज निदाउन सकिन्छ ।

५. अवस्था अनुसार पश्चिम र दक्षिण दिशातर्फ सिरानी राखेर सुत्नु औसत हुन्छ । तर यदि तपाई दक्षिणी गोलार्धमा हुनुहुन्छ भने दक्षिण सिरानी राख्नु हुँदैन ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ३१ बजे

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।