पुरुषले ध्यान दिनुपर्ने महिलाका १० कुरा | Khabarhub Khabarhub

पुरुषले ध्यान दिनुपर्ने महिलाका १० कुरा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह, प्रेम वा मित्रताका लागि महिला र पुरुषका फरक फरक धारणा हुने गर्दछन् ।

जसका कारणले उनीहरु एकअर्काका विषयमा जान्न र नजिक हुन अनेकौं प्रयत्न गर्छन् । तर एकले अर्कालाई बुझ्न नसक्दा दुबैको निकटतामा बाधा उत्पन्न हुन्छ ।

यहाँ १० टिप्सहरु छन्, जसले तपाई महिलालाई के मनपर्छ त्यो सजिलै थाहा पाउन सक्नुहुन्छ ।

१. उपहार पाउनु सबैको मन पर्ने बिषय हो । अझ महिलालाई गिफ्ट दिएको साह्रै मनपर्छ । तर गिफ्ट दिँदा दिने व्यक्तिले पूर्व घोषणा नगरी सरप्राइजका रुपमा आफ्नो मनले छानेर दिएको गिफ्टले उनीहरुको मन जित्न सकिन्छ ।

२. अधिकाशं महिलालाई बलिष्ठ र सुगठित शरिर भएका पुरुष मनपर्छ । तर उनीहरुमा महिलालले बौद्धिकता पनि खोज्दछन् । अझ आफ्नो कर्तब्य र जिम्मेवारी निभाउने पुरुष महिलाको प्रथम रुचीमा पर्दछन् ।

३. केही पुरुषहरु आफ्नो बढाईचढाई गरेर कुरा गर्छन्, जो महिलालाई फिटिक्कै मन पर्दैन । महिला साचो सुन्न सक्छन्, झुटो सहन सक्दैनन् । कुरा गर्ने पुरुष भन्दा आफूलाई साँचो माया र हेरचाह गर्ने पुरुष पाए उनीहरु सबै त्याग्न सक्छन् ।

४. महिलालाई आफ्नो परीवार वा आफन्तसँग भेटघाट गराएको र सम्बन्धलाई प्राथमिकता दिएको कुराले चाँडै छुन्छ । अझ महिलाका परिवारलाई आदर गरिदिउन् भन्ने उनीहरुको चाहना हुन्छ ।

५. महिलासँग भेट हुँदा उनीहरुको कुरा सुन्न प्राथमिकता दिने र उनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने पुरुष महिलाको पहिलो छनौट हुन् ।

६. महिलाका लागि आफ्नो आत्मसम्मान अति नै प्यारो हुन्छ । जसलाई उनीहरु कुनै पनि सम्झौता गर्न चाहँदैनन् । त्यसैले महिलालाई खुशी मिल्ने विषयमा पुरुषले रोकेको छेकेको विषय उनीहरुले बाहिरी रुपमा पालना गरे पनि भित्रि रुपमा भने दुखी हुन्छन् ।

७. महिलालाई किनमेल गर्न असाध्यै मनपर्छ । त्यसैले उनीहरु थोरै खर्च भएपनि बजारमा छानीछानी सामान किन्न रुचाउँछन् । अधिकांश बार्गेनि¨ गर्दै सामाग्री किन्नु र हातभरी झोला बोकेर घर फर्कनु एक किसिमले महिलाको चाहाना नै हो भन्दा पनि फरक पर्दैन ।

८. नियमित रुपमा सम्भव नभए पनि कहिलेकाहि महिलाका गुनासोहरु सुनिदिने गर्नुपर्दछ । यसबाट उनीहरुको मनको बोझ हल्का हुने गर्दछ । अन्यथा कुनै बिषयमा मन दुखेको कुरा तपाइले सुन्न वा त्यसको समाधानतर्फ लाग्नु भएन भने उनीहरु टुट्ने गर्दछन् ।

९. महिलालाई शंका गरेको मन पर्दैन । यसको मतलब उनीहरुको गलत क्रियाकलापमा शंका नगर्नुस् भन्ने होइन । तर कुनै विषयमा नाम जोडर लगाइएका आरोप र गरिएका आशंकालाई महिलाले सहन सक्दैनन् ।

१०. महिलालाई उनी प्रति तपाईले गरेको माया देखाउनुपर्ने हुन्छ, बोलेर, लेखेर वा देखिने गरी । त्यसैले उनीसँगको सामिप्यता र प्रेम बढाउन कुनै यस्तो काम गर्नुस् जसका कारण उनले तपाईको प्रेम महशुस गर्न सकुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ४२ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता