टाउको दुखेपछि प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस हिजो भएन, आज गर्ने तयारी « Khabarhub

टाउको दुखेपछि प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस हिजो भएन, आज गर्ने तयारी


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस आज गरिने भएको छ ।  ७ पटक गर्नुपर्ने प्लाज्मा फेरेसिस हिजो(बुधबार) गर्ने तय भएको थियो ।

तर, प्रधानमन्त्री केपी ओलीलाई टाउको दुखेपछि हिजो प्लाज्मा फेरेसिस हुन सकेन ।

‘प्रधानमन्त्रीलाई टाउको दुखेपछि हिजो हुने भनिएको प्लाज्मा फेरेसिस हुन सकेन’ प्रधानमन्त्रीको सचिवाल श्रोतले खबरहबसँग भन्यो,‘अब आज परीक्षण हुनेछ ।’

श्रोतका अनुसार प्रधानमन्त्री ओली शुक्रवार फर्कने यसअघिको तयारी समेत प्रभावित भएको छ ।

‘प्लाज्मा फेरेसिस सकिएपछि रिपोर्ट आउने छ र शुक्रवार आराम गरेर उहाँ शनिवार स्वदेश फर्कनु हुनेछ’ श्रोतले भन्यो ।

शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्न आवश्यक भएको चिकित्सकले बताएका थिए ।

सातौंपटक प्लाज्मा फेरेसिसस रिपोर्ट आएसँगै शरीरमा एन्टिबडीको अवस्था जानकारी हुने प्रधानमन्त्रीका निजी चिकित्सकले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ०० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग