अपराध महाशाखाको असई हुँ भन्दै धर्म गुरुबाटै हप्ता असुली « Khabarhub

अपराध महाशाखाको असई हुँ भन्दै धर्म गुरुबाटै हप्ता असुली


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै हप्ता असुली गर्ने २ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका–१ घर भइ काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङको ताप्लेथोक घर भइ काठमाडौैंको सामाखुसी नै बस्ने ३१ वर्षी हिमाल लिम्बु छन् ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाकै टोलीले काठमाडौंको ठमेल (क्षेत्रपाटी)बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भक्तबहादुर लिम्बुले काठमाडौंको स्वयम्भू बस्ने आनन्द छोरोदी (धर्म गुरु)लाई आफू अपराध महाशाखाको असई हुँ भन्दै धम्क्याएर रकम असुल गर्न खोजेका थिए ।

लिम्बुको धम्की पछि छोरोदीले अपराध महाशाखामा नै उजुरी गरेका थिए । अपराध महाशाखाले घटनाको अनुसन्धान गर्ने क्रममा भक्तबहादुर र हिमाल लिम्बुले अपराध महाशाखाको प्रहरी हुँ भन्दै अन्य व्यक्तिबाट पनि रकम असुली गरेको देखिएको छ ।

प्रहरीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : ०२ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक