अपराध महाशाखाको असई हुँ भन्दै धर्म गुरुबाटै हप्ता असुली « Khabarhub

अपराध महाशाखाको असई हुँ भन्दै धर्म गुरुबाटै हप्ता असुली


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै हप्ता असुली गर्ने २ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका–१ घर भइ काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय भक्त बहादुर लिम्बु र ताप्लेजुङको ताप्लेथोक घर भइ काठमाडौैंको सामाखुसी नै बस्ने ३१ वर्षी हिमाल लिम्बु छन् ।

उनीहरुलाई महानगरीय अपराध महाशाखाकै टोलीले काठमाडौंको ठमेल (क्षेत्रपाटी)बाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भक्तबहादुर लिम्बुले काठमाडौंको स्वयम्भू बस्ने आनन्द छोरोदी (धर्म गुरु)लाई आफू अपराध महाशाखाको असई हुँ भन्दै धम्क्याएर रकम असुल गर्न खोजेका थिए ।

लिम्बुको धम्की पछि छोरोदीले अपराध महाशाखामा नै उजुरी गरेका थिए । अपराध महाशाखाले घटनाको अनुसन्धान गर्ने क्रममा भक्तबहादुर र हिमाल लिम्बुले अपराध महाशाखाको प्रहरी हुँ भन्दै अन्य व्यक्तिबाट पनि रकम असुली गरेको देखिएको छ ।

प्रहरीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : ०२ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले