तत्कालीन एमालेका सभासद डीबी कार्की पक्राउ « Khabarhub

तत्कालीन एमालेका सभासद डीबी कार्की पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेकपा एमाले पार्टीबाट स‌ंविधानसभा सदस्य (सभासद) रहेका डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् ।

घुस लिएको अभियोगमा सर्वोच्च अदालतले ६ महिना कैद र १ लाख जरिवानाको सजाय सुनाइएका कार्कीलाई बिहीबार बिहान प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

घुस लिएको अभियोगमा स्याङ्जाका कार्कीलाई सर्वोच्च अदालतले गत असार २४ गते जेल सजयासहित जरिवानाको फैसला गरेको थियो ।

उनलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ । पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइनेछ ।

कार्की पहिलो स‌ंविधानसभामा तत्कालीन नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य थिए । उनले नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) भर्ना गरिदिने भन्दै १ लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनलाई प्रहरीको इन्सपेक्टर बनाइदिन्छु भन्दै पैसा असुलिरहेका बेला १ लाख रुपैयाँ घुससहित र‌ंगेहात पक्राउ गरेको थियो । कार्की काठमाडौंको भिमसेनगोलास्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले कार्कीविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैदको सजाय सुनाएको थियो ।

विशेषको फैसलाविरुद्ध कार्कीले सर्वोच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका थिए । पछि सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : १९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग