तत्कालीन एमालेका सभासद डीबी कार्की पक्राउ | Khabarhub Khabarhub

तत्कालीन एमालेका सभासद डीबी कार्की पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेकपा एमाले पार्टीबाट स‌ंविधानसभा सदस्य (सभासद) रहेका डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् ।

घुस लिएको अभियोगमा सर्वोच्च अदालतले ६ महिना कैद र १ लाख जरिवानाको सजाय सुनाइएका कार्कीलाई बिहीबार बिहान प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

घुस लिएको अभियोगमा स्याङ्जाका कार्कीलाई सर्वोच्च अदालतले गत असार २४ गते जेल सजयासहित जरिवानाको फैसला गरेको थियो ।

उनलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ । पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइनेछ ।

कार्की पहिलो स‌ंविधानसभामा तत्कालीन नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य थिए । उनले नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) भर्ना गरिदिने भन्दै १ लाख रुपैयाँ घुस लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६७ फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनलाई प्रहरीको इन्सपेक्टर बनाइदिन्छु भन्दै पैसा असुलिरहेका बेला १ लाख रुपैयाँ घुससहित र‌ंगेहात पक्राउ गरेको थियो । कार्की काठमाडौंको भिमसेनगोलास्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले कार्कीविरुद्ध १ लाख रुपैयाँ जरिवाना र ६ महिना कैदको सजाय सुनाएको थियो ।

विशेषको फैसलाविरुद्ध कार्कीले सर्वोच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका थिए । पछि सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : १९ बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका