धनगढीमा ४ थान पेस्तोलसहित ‘अपराधिक गिरोह’का ३ जना पक्राउ | Khabarhub Khabarhub

धनगढीमा ४ थान पेस्तोलसहित ‘अपराधिक गिरोह’का ३ जना पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट ४ थान पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरुको विवरण भने खुलाउन मानेको छैन ।

पक्राउ परेकाहरु सञ्जय राणा समूहका सदस्य भएको कैलाली प्रहरी स्रोतको भनाइ छ । खबरहबको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय कैलालीका एक अधिकारीले सञ्जय राणा भनिने सञ्जय रानासहित ३ जना ४ थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ परेको जानकारी दिए।

उनीहरुको साथबाट केही गहना पनि बरामद भएको कैलाली प्रहरीका ती अधिकारीले जानकारी दिए ।

उनीहरु विभिन्न प्रकारका अपराधिक गतिविधिमा संलग्न रहँदै आएका जनाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बुधबार साँझ धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले चटकपुरस्थित घरबाट अवैध गतिविधि सञ्चालन गर्दै आएका थिए ।

धनगढीको जाइँ घर भएका राना प्रहरी अधिकारीसँग पनि हिमचिम भएका व्यक्ति मानिन्छन् । विभिन्न प्रकारका प्रकरणमा मुछिएका राना अन्तत: प्रहरी अधिकारीसँगको बलियो सम्बन्धै कारण जोगिने गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले हतियारसहित केही व्यक्ति पक्राउ गरेको पुष्टि गरेपनि उनीहरुको नाम भने खुलाउन मानेनन् ।

‘अहिले अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धान सकिएपछि हामी उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्छौं,’ गिरीले भने ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : ५४ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।