जनअपेक्षा अनुसार ‘एक्सन’ मा नगए ‘रियाक्सन’ हुन्छ– प्रचण्ड « Khabarhub

जनअपेक्षा अनुसार ‘एक्सन’ मा नगए ‘रियाक्सन’ हुन्छ– प्रचण्ड


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षा अनुसार ‘एक्सन’ मा जान ढिला गरेको खण्डमा अर्कोले ‘रियाक्सन’ गर्ने बताएका छन् ।

विहीवार राजधानीमा आयोजित दलित अधिकारका लागि जनप्रतिनिधिको भूमिका विषय कार्यक्रममा प्रचण्डले जनअपेक्षा अनुसार काम नभए प्रतिक्रियावादीले रियाक्सन गर्ने र त्यो जनताको निमित्त महँगो पर्ने बताए ।

‘हामी राजनीतिक नेतृत्व र सरकारले अव जनअपेक्षा अनुसार एक्सनमा जान ढिला गरियो भने अर्कोले रियाक्सन गर्छ’ प्रचण्डले भने,‘त्यो नेपाली जनताको निमित्त महंगो पर्न सक्छ ।’

देशमा भएको परिवर्तनमाथि प्रश्न उठाउने तत्वहरु टाउको उठाउन खोजिरहेका भन्दै प्रचण्डले सबै राजनीतिक दल र शक्तिहरु एक ठाउँमा उभिनु पर्ने बताए ।

‘जनतालाई विश्वासमा लिएर अघि बढ्न जरुरी छ । संविधान कार्यान्वयको सन्दर्भमा देखा परेका समस्या समाधान गर्नका लागि’ प्रचण्डले भने‘ सत्ताच्यूत गरिएका केही मानिसले समाजमा फैलाउन खोजेका भ्रमका बारेमा हामीले बाल्नु पर्छ भनेर हामीले केही पहिला सर्वदलीय बैठक समेत राख्र्यौ र यसमा हामी एक ठाउँमा छौं भन्ने सन्देश दिएका छौं ।’

प्रचण्डले विकास निर्माण, संविधान कार्यान्वय लगायतका काम छिटोभन्दा छिटो गर्दै अघि बढ्नुपर्ने बताए ।

हरेक ठूला क्रान्तिपछि प्रतिक्रान्तिको खतरा रहेको भन्दै प्रचण्डले त्यसबाट सजग हुनुपर्ने र चनाखो बस्नुपर्ने बताए ।

‘अहिले नै प्रतिक्रान्तिको अवस्था आयो, खतरा भइहाल्यो भन्न खोजेको होइन, तर हरेक क्रान्तिपछि प्रतिक्रान्तिको खतरा रहन्छ त्यसैले चनाखो रहनुपर्छ’ प्रचण्डले भने ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १२ : ४९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग