अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै आधा किलो सुनसहित २ जना पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारबाट नेपाल आएका नेपाली नागरिक सन्तोष कुमार नेपाली सुनसहित पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सन्तोषबाट ४ सय ८२ ग्राम सुन बरामद भएको छ ।

सन्तोषले ल्याएको सुन ‘रिसिभ’ गर्न आएका अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन बहादुर घले छन् ।

दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १२ : ५२ बजे

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही