सरकारकै कारण लोकतान्त्रिक गणतन्त्र उल्टिने खतरा बढ्यो– सभापति देउवा | Khabarhub Khabarhub

सरकारकै कारण लोकतान्त्रिक गणतन्त्र उल्टिने खतरा बढ्यो– सभापति देउवा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको गतिविधिका कारण लोकतान्त्रि गणतन्त्र नै उल्टिने खतरा बढेको बताएका छन् ।

सरकारका हरेक गतिविधि जनभावना विपरित, संविधान विपरित भएकाले जनतामा निराशा बढेर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै वितृष्णा  फैलिने खतरा बढ्दै गएको देउवाको भनाइ छ ।

देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने बताए ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाई लडनुपर्नेमा पनि जोड दिए ।

जनभावना विपरीत हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीका लागि मान्य नहुने देउवाको भनाइ थियो ।

सभापति देउवाले दलित विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।

दलित, आदिवासी–जनजाति समूदायको हितका लागि आफूले २०५२ सालमै प्रधानमन्त्री हुँदा धेरै काम गरेको दावी गरेका देउवाले वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भिर नभएको आरोप लगाए ।

सभापति देउवाले संविधानले दलित समूदायको अधिकार सुनिश्चित गर्ने व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयनमा लैजान सरकार तयार नभएको पनि बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : ३१ बजे

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत

भीमेश्वर नगरपालिकाको पुँजीगतभन्दा चालु खर्च बढी 

दोलखा– दोलखाको भीमेश्वर नगरपालिकामा चालु आर्थिक वर्षमा पुँजीगतभन्दा चालु खर्च

सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु ३ अर्ब नजिक, भौतिक पूर्वाधार मन्त्रालयमा बढी

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम झण्डै तीन अर्ब पुगेको

काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

काभ्रे– काभ्रेपलाञ्चोकको तीन स्थानीय तहलाई यस आर्थिक वर्षमा पूर्णखोप सुनिश्चित

काठमाडौं महानगरबाट सीप मेलाका लागि आवेदन माग

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सीप मेला २०८२ का लागि आवेदन