वैदेशिक रोजगारीबारे जथभावी विज्ञापन नगर्न विभागको आग्रह « Khabarhub

वैदेशिक रोजगारीबारे जथभावी विज्ञापन नगर्न विभागको आग्रह


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार मात्र वैदेशिक रोजगारीका लागि ल्याएको डिमाण्डको विज्ञापन गर्न रोजगार व्यवसायीलाई आग्रह गरेको छ ।

ऐन र नियमावलीभन्दा बाहिर गएर कुनै पनि म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गर्न नपाउने विभागले जनाएको छ ।

पछिल्लो समय सञ्चारमाध्यममा जथाभावी विज्ञापन गरेर कामदार झुक्याउने घटना बढ्दै गएको भन्दै विभागले म्यानपावर कम्पनीलाई जथाभावी विज्ञापन गरेर कामदारलाई दुःख नदिन सूचनामार्फत अपिल गरेको हो ।

विभागबाट पूर्व श्रम स्वीकृति नलिइ  पत्रपत्रिकामा आकर्षक तलव सुविधा सहितका विज्ञापन प्रकाशित गरेर रोजगारीको खोजीमा रहेका युवालाई भ्रममा पार्ने काम नगर्न भन्दै विभागले म्यानपावर व्यवसायीलाई सचेत गराएको छ ।

ऐनअनुसार विभागबाट पूर्व स्वीकृति लिएका मागपत्रका बारेमा मात्रै नेपाली भाषाको राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गर्न पाइन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : ५३ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित