वैदेशिक रोजगारीबारे जथभावी विज्ञापन नगर्न विभागको आग्रह « Khabarhub

वैदेशिक रोजगारीबारे जथभावी विज्ञापन नगर्न विभागको आग्रह


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार मात्र वैदेशिक रोजगारीका लागि ल्याएको डिमाण्डको विज्ञापन गर्न रोजगार व्यवसायीलाई आग्रह गरेको छ ।

ऐन र नियमावलीभन्दा बाहिर गएर कुनै पनि म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गर्न नपाउने विभागले जनाएको छ ।

पछिल्लो समय सञ्चारमाध्यममा जथाभावी विज्ञापन गरेर कामदार झुक्याउने घटना बढ्दै गएको भन्दै विभागले म्यानपावर कम्पनीलाई जथाभावी विज्ञापन गरेर कामदारलाई दुःख नदिन सूचनामार्फत अपिल गरेको हो ।

विभागबाट पूर्व श्रम स्वीकृति नलिइ  पत्रपत्रिकामा आकर्षक तलव सुविधा सहितका विज्ञापन प्रकाशित गरेर रोजगारीको खोजीमा रहेका युवालाई भ्रममा पार्ने काम नगर्न भन्दै विभागले म्यानपावर व्यवसायीलाई सचेत गराएको छ ।

ऐनअनुसार विभागबाट पूर्व स्वीकृति लिएका मागपत्रका बारेमा मात्रै नेपाली भाषाको राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन गर्न पाइन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : ५३ बजे

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल