मेलम्चीका पीडित श्रमिकलाई रकम भुक्तानीका लागि सरकारले थाल्यो प्रक्रिया « Khabarhub

मेलम्चीका पीडित श्रमिकलाई रकम भुक्तानीका लागि सरकारले थाल्यो प्रक्रिया


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजनाको काम छाडेर हिँडेको इटालियन ठेकेदार कम्पनी सीएमसीबाट पारिश्रमिक पाउन बाँकी रहेका स्थानीय श्रमिकलाई राहत स्वरुप रकम भुक्तानीको प्रक्रिया थालेको छ ।

काम छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि आयोजनामा काम गर्दै आएका श्रमिकहरुले पारिश्रमिक पाउन सकेका थिएनन् । पीडित श्रमिकहरुलाई राहत स्वरुप बाँकी रकम उपलब्ध गराउन अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको छ । स्थानीय श्रमिक मजदुरहरुले भुक्तानी नपाएसम्म काममा अवरोध गर्ने बताईरहेका बेला खानेपानी मन्त्रालयले श्रमिकहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको हो ।

सीएमसीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयबाट सहमति लिईसकेपछि मन्त्रिपरिषद्बाट यस सम्बन्धी आवश्यक निर्णय भई स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ ।

आफूले पाउनुपर्ने रकम दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा भने अध्ययन प्रतिवेदन पेश गर्न खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भईसकेको छ ।

मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको नेतृत्वमा बनेको समितिले सीएमसी कम्पनीबाट बाँकी भुक्तानी पाउन स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ । समितिले भेण्डरहरुले माग गरेको रकमका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेश गर्नेछ ।

यो पनि पढ्नुहोस

मेलम्चीको मुहानमा प्रहरी र आन्दोलनकारीबीच झडप, ६ राउण्ड अश्रुग्यास प्रहार

 

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ०३ बजे

हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनमा

काठमाडौं– विश्व प्रसिद्ध हिक भिजन ‘ब्रान्ड’को ‘वार्षिक वितरक भेला २०२५’

स्कुले केटाकेटीको खाजामा जंकफुड हालेको देख्दा मन कटक्क काट्छ

काठमाडौं– जब स्कुल जाने केटाकेटीको खाना बट्टामा बाबुआमाले नै खाजाको

महेश बस्नेतको दाबी : ओलीलाई पक्राउका लागि पूर्वराष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर षड्यन्त्र गरिन्

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको एघारौँ महाधिवेशन

गलेश्वरको अन्न क्षेत्रलाई एक लाख सहयोग

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका– ९

सुनचाँदीको मूल्य निरन्तर बढ्दो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।  नेपाल