काममा एकरुपता ल्याउन खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग « Khabarhub

काममा एकरुपता ल्याउन खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको विकास समितिको बैठकमा खानेपानी सम्बन्धी सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ ।

विकास तथा प्रविधि समितिको बैठकमा नेपाली कांग्रसका सांसद राजन केसीले खानेपानी सम्बन्धी काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका हुन् ।

काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धी काम गर्न भिन्न भिन्न कार्यालयहरु भएकोले जनताले दुख पाएको भन्दै सांसद केसीले काममा एकरुपता ल्याउन पनि प्राधिकरण गठन गर्नुपर्ने बताए ।

विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेश गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भैरहेको छ ।

छलफलमा सांसद केसीले खानेपानीको मुहान संरक्षण गर्न स्थानीय उपभोक्तालाई अधिकार दिन नहुने पनि बताए ।

समिति बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण संरचना लामो समय किन निर्माण सम्पन्न हुन नसकेको भन्दै प्रश्न गरेका थिए । बैठकमा उपस्थित भएकी खानेपानी तथा सरसफाई मन्त्री बीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्षेनी बजेट पनि छुट्टिने तर निर्माण सम्पन्न नहुने के भएको भनि स्पष्ट पार्न आग्रह गरे ।

सरकारले स्वच्छ तथा गणुस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी सेवा सहज रुपमा उपलब्ध गराउन भन्दै पहिलो पटक खानेपानी तथा सरसफाइ सम्बन्धमा विधेयक सदनमा पेश गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ३८ बजे

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि