काममा एकरुपता ल्याउन खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग « Khabarhub

काममा एकरुपता ल्याउन खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको विकास समितिको बैठकमा खानेपानी सम्बन्धी सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ ।

विकास तथा प्रविधि समितिको बैठकमा नेपाली कांग्रसका सांसद राजन केसीले खानेपानी सम्बन्धी काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका हुन् ।

काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धी काम गर्न भिन्न भिन्न कार्यालयहरु भएकोले जनताले दुख पाएको भन्दै सांसद केसीले काममा एकरुपता ल्याउन पनि प्राधिकरण गठन गर्नुपर्ने बताए ।

विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेश गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भैरहेको छ ।

छलफलमा सांसद केसीले खानेपानीको मुहान संरक्षण गर्न स्थानीय उपभोक्तालाई अधिकार दिन नहुने पनि बताए ।

समिति बैठकमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण संरचना लामो समय किन निर्माण सम्पन्न हुन नसकेको भन्दै प्रश्न गरेका थिए । बैठकमा उपस्थित भएकी खानेपानी तथा सरसफाई मन्त्री बीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्षेनी बजेट पनि छुट्टिने तर निर्माण सम्पन्न नहुने के भएको भनि स्पष्ट पार्न आग्रह गरे ।

सरकारले स्वच्छ तथा गणुस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी सेवा सहज रुपमा उपलब्ध गराउन भन्दै पहिलो पटक खानेपानी तथा सरसफाइ सम्बन्धमा विधेयक सदनमा पेश गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ३८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको