भारतका पूर्व वित्तमन्त्री चिदम्बरमलाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश « Khabarhub

भारतका पूर्व वित्तमन्त्री चिदम्बरमलाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई आगामी १५ दिनसम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

भ्रष्टाचारको अभियोग लागेका उनलाई सीबीआई आदालतले आगामी १५ दिनसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । उनलाई तिहाड जेलमा राखिने छ ।

हाल उनी भारतको अनुसन्धान व्यूरो सीबीआईको मुख्यालयको अतिथि कक्षमा रहँदै आएका थिए । उनलाई तिहाड जेलको कारागार नम्बर १ को ९ वार्डमा राखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जेलमा उनलाई बेग्लै कक्ष, खाट, पश्चिमा शैलीको शौचालय र औषधीजस्ता सुविधा उपलब्ध गराइने जनाइएको छ । सीबीआईको हिरासतमा उनलाई ९० घण्टामा ४ सयभन्दा धेरै प्रश्न सोधिएको थियो ।

आईएनएक्स मिडियाका सम्बन्धमा वित्तमन्त्री रहँदा चिदम्बरमले आफ्ना छोरा कार्ति चिदम्बरमका नाममा शक्तिको दुरुपयोग गरी ठूलो रकम हिनामिना गरेको अभियोग लागेको छ ।

उनले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : ४६ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

कञ्चनपुर – कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र