प्रतिक्रियावादीहरुको चलखेलप्रति सचेत रहन अध्यक्ष प्रचण्डको आग्रह « Khabarhub

प्रतिक्रियावादीहरुको चलखेलप्रति सचेत रहन अध्यक्ष प्रचण्डको आग्रह


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा अध्यक्ष दाहालले पार्टीको नीति र योजनालाई अन्तराष्ट्रिय क्षेत्रमा पनि अभियानको रुपमा संचालन गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले पार्टी भित्रको सानो कमजोरीलाई पनि उचालेर बदनाम गराउने कोसिस भइरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै पार्टीका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने खेल विश्वका प्रतिक्रियावादीहरुले गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्ने गरी पार्टीको वैदेशिक नीति तय गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुलुकको राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता नै पार्टीको पनि वैदेशिक नीति तय गर्ने मुख्य आधार भएको पनि नेता नेपालको भनाइ थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरेर पार्टीलाई गतिशील ढंगले अघि बढाउन लागिएको बताएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : १० बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार