मेधा मावि देशकै उत्कृष्ट विद्यालय, गुल्मीको रेसुंगा दोस्रो | Khabarhub Khabarhub

मेधा मावि देशकै उत्कृष्ट विद्यालय, गुल्मीको रेसुंगा दोस्रो


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।

मन्त्रालयले ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तरराष्ट्रिय साक्षरता दिवसका दिन मेधा माविलाई पुरस्कृत गर्ने शिक्षा मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमीले जानकारी दिएको छ ।

मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्याङ्कनमा मेधाले ९०.१ नम्बर प्राप्त गर्दै पहिलो विद्यालय बन्न पुगेको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै गुल्मीस्थित रेसुङ्गा माविले ८६.३४ नम्बर ल्याएर दोस्रो र काठमाडौँको बालाजुस्थित तरुण मावि ८६.३२ नम्बरसहित तेस्रो भएको छ । संस्थागततर्फ भने रिलायन्स इण्टरनेशनल एकेडेमी कपन काठमाडौं प्रथम, नेपाल प्रहरी मावि साँगा काभ्रे दोस्रो र भ्याली भ्यू इङ्लिस स्कूल नयाँबानेश्वर काठमाडौँ तेस्रो भएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत १२ कक्षासम्म सञ्चालित विद्यालयबाट सामुदायिकतर्फ कास्की पोखराको अमरसिंह मावि प्रथम, मोरङ इन्द्रपुरको सुकुना मावि द्धितीय र पर्वत फलेवासको भवानी विद्यापीठ तृतीय भएका छन् ।

संस्थागततर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे साँगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माइतीघर काठमाडौँ तृतीय भएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ०० बजे

सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै संसद‍्‍मा माओवादीको आपत्ति

काठमाडौं– नेकपा माओवादी केन्द्रले सदनलाई छलेर करका दर हेरफेर गरिएको

संसद्‍मा रामहरिले भने- लिपुलेक भएर व्यापार मार्ग खोल्ने सम्झौताबारे कूटनीतिक माध्यमबाटै समाधान गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली भूमि लिपुलेक भएर

सबैलाई स्वीकार्य हुनेगरी विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्छ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले सरोकारवाला पक्षका असन्तुष्टिहरू सम्बोधन

लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिमा राप्रपाको विरोध 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारत

मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक : मन्त्री गुरुङ

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडियाका नाममा देखिएका