खानेपानी तथा सरसफाइ विधेयकमा १४५ बढी संशोधन प्रस्ताव | Khabarhub Khabarhub

खानेपानी तथा सरसफाइ विधेयकमा १४५ बढी संशोधन प्रस्ताव


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले खानेपानी तथा सरसफाइ विधेयकमाथि एक सय ४५ बढी संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संघीय संसद सचिवालयको विधेयक शाखाले तोकेको समयभित्र सांसदहरुले एक सय ४५ भन्दा बढी संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सचिवालयले संशोधन पेश गर्न चाहने सांसदहरुका लागि साउन २५ गते शनिबारसम्मको समय उपलब्ध गराएको थियो ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरु ले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ माथि सुझाव पेश गर्दै सांसदहरुले खानेपानीको मुहान संरक्षण गर्न, भूमिगत पानीको दोहन रोक्न र खानेपानीको पहुँच सबै जनतामा पुर्‍याउन जोड दिएका छन् ।

संविधानमा खानेपानी तथा सरसफाइ मौलिक अधिकारको रुपमा रहेको छ । मौलिक अधिकार कार्यान्वयनमा सरकारले पहिलो पटक सो विधेयक तयार गरी संसद्मा प्रस्तुत गरेको हो ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले स्वच्छ, गुणस्तरीय खानेपानी तथा सरसफाइको पहुँचमा सबै जनतालाई ल्याउन विधेयक आएको स्पष्ट पार्दै विधेयकले खानेपानीको सस्थागत विकास हुने विश्वास व्यक्त गरिन् ।

समितिका सदस्य गणेश पहाडीले भूकम्पका कारण पहाडी जिल्लामा पानीका मुहान सुकेका छन्, सुकेका मुहानबाट पुनःपानी आउने वातावरण सरकारले गर्नुपर्छ भने । समितिका सदस्य राजेन्द्रकुमार केसी र बहादुरसिंह लामाले पानीलाई आयआर्जनको माध्यमका रुपमा विकसित गर्न आवश्यक रहेकोमा जोड दिँदै छिटो विधेयक पारित गर्न आग्रहसमेत गरे ।

समितिका सदस्य दामोदर भण्डारी, बिनाकुमारी श्रेष्ठ, जिपछिरिङ लामा, महेन्द्र रायले मौलिक अधिकारलाई कार्यान्वयन विधेयकलाई सत्ता र प्रतिपक्ष नभनी पारित गर्न जोड दिए । समितिका सभापति कल्याणी खड्काले झोलामा खानेपानीका स्रोत राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसलाई अन्त्य गर्न आवश्यक रहेको बताइन् । बैठकमा विधेयकमाथि शैद्धान्तिक छलफल समेत शुरु भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ४५ बजे

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य गर्नुहोस्

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक