खानेपानी तथा सरसफाइ विधेयकमा १४५ बढी संशोधन प्रस्ताव « Khabarhub

खानेपानी तथा सरसफाइ विधेयकमा १४५ बढी संशोधन प्रस्ताव


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले खानेपानी तथा सरसफाइ विधेयकमाथि एक सय ४५ बढी संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संघीय संसद सचिवालयको विधेयक शाखाले तोकेको समयभित्र सांसदहरुले एक सय ४५ भन्दा बढी संशोधन प्रस्ताव दर्ता गराएका हुन् । सचिवालयले संशोधन पेश गर्न चाहने सांसदहरुका लागि साउन २५ गते शनिबारसम्मको समय उपलब्ध गराएको थियो ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसदहरु ले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ माथि सुझाव पेश गर्दै सांसदहरुले खानेपानीको मुहान संरक्षण गर्न, भूमिगत पानीको दोहन रोक्न र खानेपानीको पहुँच सबै जनतामा पुर्‍याउन जोड दिएका छन् ।

संविधानमा खानेपानी तथा सरसफाइ मौलिक अधिकारको रुपमा रहेको छ । मौलिक अधिकार कार्यान्वयनमा सरकारले पहिलो पटक सो विधेयक तयार गरी संसद्मा प्रस्तुत गरेको हो ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले स्वच्छ, गुणस्तरीय खानेपानी तथा सरसफाइको पहुँचमा सबै जनतालाई ल्याउन विधेयक आएको स्पष्ट पार्दै विधेयकले खानेपानीको सस्थागत विकास हुने विश्वास व्यक्त गरिन् ।

समितिका सदस्य गणेश पहाडीले भूकम्पका कारण पहाडी जिल्लामा पानीका मुहान सुकेका छन्, सुकेका मुहानबाट पुनःपानी आउने वातावरण सरकारले गर्नुपर्छ भने । समितिका सदस्य राजेन्द्रकुमार केसी र बहादुरसिंह लामाले पानीलाई आयआर्जनको माध्यमका रुपमा विकसित गर्न आवश्यक रहेकोमा जोड दिँदै छिटो विधेयक पारित गर्न आग्रहसमेत गरे ।

समितिका सदस्य दामोदर भण्डारी, बिनाकुमारी श्रेष्ठ, जिपछिरिङ लामा, महेन्द्र रायले मौलिक अधिकारलाई कार्यान्वयन विधेयकलाई सत्ता र प्रतिपक्ष नभनी पारित गर्न जोड दिए । समितिका सभापति कल्याणी खड्काले झोलामा खानेपानीका स्रोत राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसलाई अन्त्य गर्न आवश्यक रहेको बताइन् । बैठकमा विधेयकमाथि शैद्धान्तिक छलफल समेत शुरु भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ४५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको