सहकारीको रकम उत्पादनमा लगाउन मन्त्री अर्यालको आग्रह « Khabarhub

सहकारीको रकम उत्पादनमा लगाउन मन्त्री अर्यालको आग्रह


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीका अगुवालाई उत्पादनका क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरेकी छिन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नवौँ वार्षिक स्थापना दिवसमा अयोजित कार्यक्रममा उनले ‘एक पालिक एक कृषि फार्म’ स्थापना गर्न सहकारी अगुवालाई आग्रह गरिन्।

मन्त्री अर्यालले आफूले आफ्नो माइती गाउँ (स्याङ्जा) बाट तीन हजार कागतीका बिरुवा रोपेर एक पालिक एक कृषि फार्मको अवधारणा अघि सारेको बताउँदै सहकारी अगुवाले पनि ७५३ स्थानीय तहमा कृषि फार्म स्थापना गर्न आग्रह गरिन्।

हाल देशमा ३५ हजार सहकारी संस्थासँग कूल पूँजी रु सात खर्ब रहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा झण्डै ६५ हजार मानिस सहकारी संस्थामा आबद्ध छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : १७ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन