जतिबेला पनि न पिउनुस् पानी, पुग्ला हानी « Khabarhub

जतिबेला पनि न पिउनुस् पानी, पुग्ला हानी


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जीवित प्राणीका लागि पानी नभइ नहुने अति आवश्यक ‘तत्व’ हो । मानवीय स्वास्थ्यका लागि पानी लाभदायक पनि छ ।

पानीको मात्रा शरीरमा कम भयो भने विभिन्न समस्या देखा पर्छ, त्यसै पानी पिउन कन्जुस्याई नगर्नुस् ।

तर, पानी कतिबेला कसरी सेवन गर्ने भन्ने वियमा चाहिँ विचार गर्नुपर्ने हुन्छ ।

चिकित्सकहरुको सल्लाहा अनुसार, प्रत्येक दिन कम्तिमा ठूलो गिलास (५०० एमएल)को ८ गिलास अर्थात् ४ लिटर शुद्ध पानी पिउनु पर्छ ।

तर, यो पानी पिउने पनि समय हुन्छ । यहाँ हामीले पानी कुनबेला कति पिउने भनेर केही सुझाव उल्लेख गरेका छौं ।

– चिकित्सकहरुका अनुसार, विहान उठ्नासाथ खाली पेटमा १ गिलास पानी पिउनु स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । विहानै पिएको पानीले शरीरका अंगहरुलाई क्रियाशिल हुन मद्दत गर्छ ।

– हामीले खाना खानु भन्दा कम्तिमा ३० मिनेट अगाडि १ गिलास पानी पिउनु पर्छ । यसो गर्दा हामीले खाएको पानीले पाचन प्रणालीलाई सहयोग पुर्‍याउँछ ।

– चिकित्सकहरुका अनुसार, खाना खाइसकेपछि करिब आधा घण्टापछि एक गिलास पानी पिउनु पर्छ, यसरी पानी पिउँदा शरीरको पाँचन शक्तिलाई सहयोग गर्छ ।

– नुहाउने समय भएको छ या नुहाउन जाँदै हुनुहुन्छ भने त्यो भन्दा पहिले पनि एक गिलास पानी पिउनु लाभदायक मानिन्छ । जसले रक्तचापको स्तर सन्तुलनामा राख्न मद्दत गर्छ ।

– राति सुत्नु भन्दा अघि एक गिलास पानी पिउनु पनि स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसले रातीको समयमा शरीरमा हुने पानीको नोक्सानको पूर्ति गर्छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ८ : ०६ बजे

घातक आँधीपछि चीनमा टाइफुनको खतरा

एजेन्सी– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा

गणेश नेपालीको मृत्युपछि सरकारविरुद्ध वीर अस्पतालमा आफन्तको नाराबाजी

काठमाडौं– यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै

नागरिकको मृत्यु हुँदा माफी माग्ने ती सुशीला, चुपचाप यी बालेन्द्र

काठमाडौं– राज्यको निकायबाट झमेला बेहोरेकै कारण मृत्युको बाटो रोजेकी एक

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा

युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै