सवारी साधनको जाँच तथा अनुगमन तीव्र « Khabarhub

सवारी साधनको जाँच तथा अनुगमन तीव्र


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुको सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ ।

चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाको समन्वयमा शुक्रबारदेखि सार्वजनिक सवारी साधनको जाँच र अनुगमन शुरु गरिएको समितिका संयोजक तथा मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले जानकारी दिए ।

चाडपर्वमा एउटै सवारी साधन सघनरुपमा प्रयोग हुने तर उचित मर्मतसम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीलाई आफू मातहतका साधन निरन्तर जाँच र मर्मतका लागि निर्देशन दिने संयोजक खरेलले बताए ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन समितिले यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिलसमेत गरेको छ ।

समितिले तत्काल सेवाग्राहीले गुनासो राख्नका लागि प्रहरीको १०० नम्बर र नेपाल ट्राफिक प्रहरीको १०३ नं मा फोन गर्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ९ : ३० बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री