सीमा नाका बन्द हुँदा समस्या « Khabarhub

सीमा नाका बन्द हुँदा समस्या


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ । दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो ।

भारतको पिथौरागढ जिल्लामा आज हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राखेर सीमा नाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

दशैँको मुखमा सीमा नाका बन्द हुँदा नेपालीलाई भने समस्या परेको छ । जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला तथा जात्रामा भारतीय बजारबाट ल्याएर सामग्री बिक्री गर्ने गरिएको भए पनि सीमा नाका बन्द हुँदा समस्या भएको दशरथचन्द नगरपालिका– १ का देवदत्त भट्टले जानकारी दिए ।

नेपाली बजारमा प्याजलगायतका तरकारीको पनि अभाव भएकाले सीमावर्ती भारतीय बजार झुलाघाटमा गएर ल्याउने गरिएकामा तीन दिनका लागि सीमा नाका बन्द हुँदा समस्या भएको उनले बताए ।

यस्तै दशैँका लागि घर फर्कने नागरिकलाई सीमा नाकामा समस्या भएको छ । यस्तै बैतडीका विभिन्न स्थानमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई पनि समस्या भएको छ । चुनावका कारण सीमा नाका बन्द हुँदा समस्या भएको हो ।

बिरामी तथा आकस्मिक नाका खोल्नुपरे दुई देशबीचको आपसी समन्वयमा नाका खोल्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । शुक्रबार बेलुका सवा ५ बजेदेखि बन्द भएको पुल आइतबार बेलुका सवा ५ बजे पछि खुल्ने छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १० : ४५ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री