वैदेशिक रोजगारीले लुट्यो दशैंको ‘माहोल’- पिङ हाल्ने युवा नै छैनन् | Khabarhub Khabarhub

वैदेशिक रोजगारीले लुट्यो दशैंको ‘माहोल’- पिङ हाल्ने युवा नै छैनन्


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीले मनाउने दशैंको अर्को आकर्षण पिङलाई पनि मान्ने गरिन्छ । दशैं–तिहारको अवसरमा एक पटक भूइँ छाड्नु पर्छ भन्ने मान्यता छ । जसका लागि बुढादेखि बच्चासम्मले लिङ्गे पिङ खेल्ने मान्यता परम्पराको रुपमा स्थापित छ ।

दशैंको सुरुवातमा पिङ्ग थाप्ने चलन हुन्थ्यो । दशैंको शुरुवातमा थापेको पिङ तिहारसम्मै खेल्न चलन थियो ।

टोलै पिच्छे पैसा उठाएर बाँस, सालको लिङगो गाडेर, डोरी बाटेर दशैंदेखि तिहारसम्म सार्वजनिक स्थानमा पिङ बनाउने टोल–टोलमा लहर नै चल्ने गर्थ्यो । झण्डै डेढ र दुई दशकयता देखि जाँते, रोटे पिङ लोप भइरहेका छन् भने, गाउँले मिलेर बनाउने लिङ्गे पिङ पनि विस्तारै हराउन थालेको छ ।

दशैं–तिहारको अभिन्न अङ्ग बनेको पिङ खेल्ने परम्परा प्रति नयाँ पुस्तामा भने त्यति धेरै रुची नदेखिएको संस्कृतिविद्हरुको भनाइ छ ।

पछिल्लो समय दशैं–तिहारका समयमा पिङ देख्न नपाउनको अर्को कारण वैदेशिक रोजगारी पनिभएको समाजशास्त्रीहरुको तर्क छ ।

युवा पुस्तामा बाबियो बाटेर लठारो (डोरी) बुन्ने सीप नहुनु, बाबियो काट्न युवाहरुले झन्झट मान्नु र गाँउघरका युवा जति वैदेशिक रोजगारीमा गएका करण लिङ्गे पिङ खेल्ने चलन विस्तारै हराउन थालेको छ । अझपछिल्लो पुस्तामा बढेको सामाजिक सञ्जाल र इन्टरनेज प्रयोगको बानीले दशैंमा खेलिने पिङतर्फ ध्यान नगएको काठमाडौंका ६५ वर्षीया धनबहादुर ताम्राकार बताउँछन् ।

पछिल्लो समय चाडपर्वको शुभकामना र खुसीपनि सामाजिक सञ्जाल मार्फत नै आदान–प्रदानगर्ने चलन बढेपछि परम्परागत मान्यता प्रति युवाहरुको ध्यान जान नसकेको ताम्राकारको बुझाइ छ ।

‘पिङ खेल्ने समयको सररर…चच..हुईऽऽऽको आवाजले चाडपर्वको माहोल नै अर्कै बनाउँथ्यो । एउटा गाँउदेखि अर्को गाँउमा पिङ खेल्न जान्ने चलन थियो,’ ताम्राकार आफू युवावस्थामा हुँदाको दशैं अनुभव सुनाउँदै भन्छन्, ‘पहिला त राजाले नै उपत्यकाका ठाँउ ठाँउमा पिङ हाल्न लगाउँथे । अहिलेका केटा–केटीहरुलाई पिङ बारे थाहा नै छैन ।’

दशैंको टीका लगाइसकेपछि जमिन छाड्नुपर्छ भन्ने मान्यता थियो । जसका लागि टीका लगाइसकेपछि गाउँ–टोलका सबै जनापिङ हालेको ठाउँमा जम्मा हुन्थे । सबैले पालै पालो पिङ खेल्थे । तर, अहिलेका युवाहरु भने जुवा–तास खेलेर, जाँड–रक्सी पिएर दशैं मनाउन थालेको ताम्राकारको अनुभव छ ।

‘हाम्रो संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ । चाडपर्वको महत्व नै हराउन थालेको जस्तो लाग्छ,’ ताम्राकार भन्छन्, ‘यो हाम्रो समाजका लागि दुःखद पक्ष हो । युवाहरुले परम्परागत मान्यताहरुलाई जोगाउनु पर्छ ।’

नेपाली समाजमा लिङ्गे पिङलाई सामाजिक सद्भाव बढाउने साधनपनि मानिन्छ । संस्कृतिविद् गोविन्द टण्डनलिङ्गे पिङले सामाजिक समानता कायम गर्न पनि महत्वपूर्ण भूमिका खेलेको बताउँछन् ।

दशैं–तिहारजस्ता चाडको पहिचान नै बनेको लिङ्गे पिङको महत्वबारे युवा पुस्तालाई जागरुक बनाउनुपर्ने टंडनको भनाइ छ ।

‘लिङ्गे पिङको संरक्षण र यसको महत्वका बारेमा सरकारले युवापुस्तामा सचेतना जगाउनुपर्छ । देशमा युवा शक्ति नभएका कारण पनि लिङ्गे पिङ हाल्न समस्या होला,’उनले भने, ‘गाँउघरमा लिङ्गे पिङका लागि आवश्यक पर्ने बावियोर डोरी बाटने मान्छे नपाउदाँ यसको चलनपनि हराउँदै गएको छ । लिङ्गे पिङ हाम्रो सांस्कृति सम्पदा नै हो । यसको संरक्षणका लागि सरकारले केही कदम चाल्नुपर्छ ।’

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १ : ०८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न