वैदेशिक रोजगारीले लुट्यो दशैंको ‘माहोल’- पिङ हाल्ने युवा नै छैनन् « Khabarhub

वैदेशिक रोजगारीले लुट्यो दशैंको ‘माहोल’- पिङ हाल्ने युवा नै छैनन्


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीले मनाउने दशैंको अर्को आकर्षण पिङलाई पनि मान्ने गरिन्छ । दशैं–तिहारको अवसरमा एक पटक भूइँ छाड्नु पर्छ भन्ने मान्यता छ । जसका लागि बुढादेखि बच्चासम्मले लिङ्गे पिङ खेल्ने मान्यता परम्पराको रुपमा स्थापित छ ।

दशैंको सुरुवातमा पिङ्ग थाप्ने चलन हुन्थ्यो । दशैंको शुरुवातमा थापेको पिङ तिहारसम्मै खेल्न चलन थियो ।

टोलै पिच्छे पैसा उठाएर बाँस, सालको लिङगो गाडेर, डोरी बाटेर दशैंदेखि तिहारसम्म सार्वजनिक स्थानमा पिङ बनाउने टोल–टोलमा लहर नै चल्ने गर्थ्यो । झण्डै डेढ र दुई दशकयता देखि जाँते, रोटे पिङ लोप भइरहेका छन् भने, गाउँले मिलेर बनाउने लिङ्गे पिङ पनि विस्तारै हराउन थालेको छ ।

दशैं–तिहारको अभिन्न अङ्ग बनेको पिङ खेल्ने परम्परा प्रति नयाँ पुस्तामा भने त्यति धेरै रुची नदेखिएको संस्कृतिविद्हरुको भनाइ छ ।

पछिल्लो समय दशैं–तिहारका समयमा पिङ देख्न नपाउनको अर्को कारण वैदेशिक रोजगारी पनिभएको समाजशास्त्रीहरुको तर्क छ ।

युवा पुस्तामा बाबियो बाटेर लठारो (डोरी) बुन्ने सीप नहुनु, बाबियो काट्न युवाहरुले झन्झट मान्नु र गाँउघरका युवा जति वैदेशिक रोजगारीमा गएका करण लिङ्गे पिङ खेल्ने चलन विस्तारै हराउन थालेको छ । अझपछिल्लो पुस्तामा बढेको सामाजिक सञ्जाल र इन्टरनेज प्रयोगको बानीले दशैंमा खेलिने पिङतर्फ ध्यान नगएको काठमाडौंका ६५ वर्षीया धनबहादुर ताम्राकार बताउँछन् ।

पछिल्लो समय चाडपर्वको शुभकामना र खुसीपनि सामाजिक सञ्जाल मार्फत नै आदान–प्रदानगर्ने चलन बढेपछि परम्परागत मान्यता प्रति युवाहरुको ध्यान जान नसकेको ताम्राकारको बुझाइ छ ।

‘पिङ खेल्ने समयको सररर…चच..हुईऽऽऽको आवाजले चाडपर्वको माहोल नै अर्कै बनाउँथ्यो । एउटा गाँउदेखि अर्को गाँउमा पिङ खेल्न जान्ने चलन थियो,’ ताम्राकार आफू युवावस्थामा हुँदाको दशैं अनुभव सुनाउँदै भन्छन्, ‘पहिला त राजाले नै उपत्यकाका ठाँउ ठाँउमा पिङ हाल्न लगाउँथे । अहिलेका केटा–केटीहरुलाई पिङ बारे थाहा नै छैन ।’

दशैंको टीका लगाइसकेपछि जमिन छाड्नुपर्छ भन्ने मान्यता थियो । जसका लागि टीका लगाइसकेपछि गाउँ–टोलका सबै जनापिङ हालेको ठाउँमा जम्मा हुन्थे । सबैले पालै पालो पिङ खेल्थे । तर, अहिलेका युवाहरु भने जुवा–तास खेलेर, जाँड–रक्सी पिएर दशैं मनाउन थालेको ताम्राकारको अनुभव छ ।

‘हाम्रो संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ । चाडपर्वको महत्व नै हराउन थालेको जस्तो लाग्छ,’ ताम्राकार भन्छन्, ‘यो हाम्रो समाजका लागि दुःखद पक्ष हो । युवाहरुले परम्परागत मान्यताहरुलाई जोगाउनु पर्छ ।’

नेपाली समाजमा लिङ्गे पिङलाई सामाजिक सद्भाव बढाउने साधनपनि मानिन्छ । संस्कृतिविद् गोविन्द टण्डनलिङ्गे पिङले सामाजिक समानता कायम गर्न पनि महत्वपूर्ण भूमिका खेलेको बताउँछन् ।

दशैं–तिहारजस्ता चाडको पहिचान नै बनेको लिङ्गे पिङको महत्वबारे युवा पुस्तालाई जागरुक बनाउनुपर्ने टंडनको भनाइ छ ।

‘लिङ्गे पिङको संरक्षण र यसको महत्वका बारेमा सरकारले युवापुस्तामा सचेतना जगाउनुपर्छ । देशमा युवा शक्ति नभएका कारण पनि लिङ्गे पिङ हाल्न समस्या होला,’उनले भने, ‘गाँउघरमा लिङ्गे पिङका लागि आवश्यक पर्ने बावियोर डोरी बाटने मान्छे नपाउदाँ यसको चलनपनि हराउँदै गएको छ । लिङ्गे पिङ हाम्रो सांस्कृति सम्पदा नै हो । यसको संरक्षणका लागि सरकारले केही कदम चाल्नुपर्छ ।’

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १ : ०८ बजे

बंगलादेश निर्वाचन : बीएनपीलाई बहुमत, तारिक रहमान बन्दै प्रधानमन्त्री

ढाका– बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको

कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित

काठमाडौं – कोपा डेल रेलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की– पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार

विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित