वीपी राजमार्गको जामले यात्रुलाई सास्ती (फोटोफिचर) « Khabarhub

वीपी राजमार्गको जामले यात्रुलाई सास्ती (फोटोफिचर)


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैं मनाउने उमंगसहित घर हिँडेका यात्रु अहिले बाटोमा भएको जामले सास्ती बेहोर्न बाध्य छन्।

वीपी राजमार्ग हुँदै जाने सवारीको संख्या बढेसँगै जाम पनि बढेको हो ।

कलंकी नागढुंगा भएर उपत्यका बाहिरने ठूला सवारीको जाम कम भएपनि साँगाको नाका भएर पूर्वी नेपाल जाने सवारीको संख्या बढी हुनुका साथै बाटो सानो भएकाले जाम धेरै भएको हो ।

जामका कारण धेरै यात्रा गर्न नसकिएको बताउँदै यात्रारत यात्रुले कतिबेला घर पुग्ने भन्ने अन्यौलता बढेको बताएका छन् ।

यात्रुलाई सकस

यात्रुको चाप बढेसँगै यातायात व्यवसायीले जोखिमपूर्ण रुपमा यातायातका साधन सञ्चालन गर्न थालेका छन् ।

काठमाडौंमा चक्रपथ तथा स्थानीय रुटमा चल्ने सवारी साधनलाई नै व्यवसायीले लामो रुटमा सञ्चालन गरेपछि दशैंका लागि हिँडेका यात्रुले जोखिम बढ्ने भन्दै चिन्ता गर्न थालेका छन् ।

काठमाडौंमा गुड्ने नेपाल यातायातलगायतका कम्पनीका छोटा र साना बस नै अहिले लामो दूरीको साधनका रुपमा गुडाइएको पाइएको छ ।

लामो दूरीका सवारी गुडाउने चालकले पनि आराम नगरी गाडी गुडाउँदा जोखिम बढेको यात्रुहरुले बताएका छन् ।

यता प्रहरीले भने सवारीको अवस्था हेरेर मात्र लामो दूरीमा चल्न दिएको भन्दै यस्ता सवारीको अनुगमन हुने र बीच बाटोमा चेक गरिने जनाएको छ ।

हेर्नुहोस् वीपी राजमार्गमा भएको जामका तस्वीर

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १ : ४८ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री