महराविरुद्ध प्रहरीमा उजुरी, अब पक्राउ पर्लान? « Khabarhub

महराविरुद्ध प्रहरीमा उजुरी, अब पक्राउ पर्लान?


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यौन दूराचारको आरोप लागेका कृष्णबहादुर महराको प्रकरणले नयाँ मोड लिएको छ । पहिले यौन दुर्व्यवहार भएको आरोप लगाउन पीडित महिलाले भोलिपल्टै महरा बुबा समान भएको बताए पनि उनैले फेरि प्रहरी कहाँ उजुरी दिएकी छन् ।

प्रहरी एक अधिकारीका अनुसार पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन्।

पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् ।

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।

यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया शरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ ।’’

महराविरुद्ध उजुरी परेपछि अब उनी पक्राउ पर्ने सम्भावना बढेको छ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १ : ३४ बजे

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

कलाकारको बुझाइ : राज्यले गणेशको हत्या गर्‍यो, सरकारको विकेट झर्‍यो

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर कलाकारहरू बालेन्द्र शाह

गणेश नेपालीको आत्मदाह राष्ट्रिय लज्जा : कुलमान घिसिङ

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राहदानी विभाग अगाडि

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको