६३ जिल्लाका १ हजार २ सय ७१ जनामा स्क्रब टाइफसको संक्रमण « Khabarhub

६३ जिल्लाका १ हजार २ सय ७१ जनामा स्क्रब टाइफसको संक्रमण


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाखाले मुलुकभर १ हजार २ सय ७१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको जनाएको छ ।

महाशाखाले साउन १ गतदेखि कात्तिक १७ गतेसम्म (साँढे ३ महिनाको अवधि)को विवरण सार्वजनिक गर्दै १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको जनाएको हो ।

सार्वजनिक तथ्यांकअनुसार मुलुकका ६३ वटा जिल्लामा स्क्रब टाइफसको संक्रमण फैलिएको छ । महाशाखाको तथ्यांकअनुसार प्रदेश १ मा ५७ जना, प्रदेश २ मा २२ जना, प्रदेश ३ मा ३ सय ७८ जना, गण्डकी प्रदेशमा ७६ जना, प्रदेश ५ मा ४ सय ६७ जना, कर्णाली प्रदेशमा १६ जना र सदूरपश्चिम प्रदेशमा २ सय ५५ जना संक्रमित भएका छन् ।

सबैभन्दा बढी प्रदेश ५ को रुपन्देहीमा १ सय २९ जना बिरामी रहेको महाशाखाले जनाएको छ ।

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । डा बास्तोलका अनुसार यो रोग माइट भन्ने जिवाणुबाट लाग्छ । माइट प्राय मुसा बस्ने खेतबारी, वन, जङ्गल चउर र घर वरिपरी झाडी हुने ठाउँमा पाइन्छ ।

स्क्रब टाइफस भएका बिरामीले समयमै उपचार नपाएमा कडा खालको श्वास प्रश्वासको समस्या हुन्छ । श्वास फेर्न गाह्रो भइ शरीरका अन्य अंगहरुले काम गर्न छाडेर बिरामीको मृत्यु समेत हुने गर्छ ।

कसरी सर्छ ?

स्क्रब टाईफस मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किराको टोकाइबाट मानिसमा सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रब टाईफसका लक्षण

–धेरै ज्वरो आउनु,
–कामज्वरो समेत आउनसक्ने,
–टाउको धेरै दुख्ने,
–पसिना आउने,
–आँखा रातो हुने,
–झाडापखाला लाग्ने,
–किराले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिने,
स्क्रव टाईफसबाट यसरी बच्नुस्
–खेतवारीमा काम गर्दा शरीर पुरा ढाकिने कपडा लगाउने,
– चउर, घाँसवारीमा नबस्ने,
–चउरमा बस्दा गुन्द्रि वा सुकुल ओछ्याएर बस्ने,
– घर वरपर झाडी, घाँस बढ्न नदिने,
– घर तथा गोठमा मुसा नियन्त्रण गर्ने ।

बच्ने उपाय के के हुन्?

  • खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने,
  • सम्भव भएसम्म लामो जुत्ता लगाउने
  • घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने ।
  • सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने
  • सकेसम्म घाँसबारी वा चउरमा नबस्ने
  • चउर, बारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने
  • मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : ५८ बजे

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : नेपालीको भान्सासम्मै पर्न सक्छ असर

काठमाडौं– मध्यपूर्वी मुलुक इरानमाथि शनिबारदेखि अमेरिका र इजरायलले आक्रमण गरेसँगै

मोरङमा मतदानका लागि आवश्यक सामग्री पठाउन सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरू

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा