इंग्लिस क्लव कार्डिफ सिटी प्रतिबन्धमा पर्न सक्ने « Khabarhub

इंग्लिस क्लव कार्डिफ सिटी प्रतिबन्धमा पर्न सक्ने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विमान दुर्घटनामा निधन भएका फरवार्ड इमिलियानो सालाको सरुवा हुँदाको रकम नतिरे इंग्लिस क्लब कार्डिफ सिटीले प्रतिबन्ध भोग्नु पर्ने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कार्डिफले फ्रेन्च क्लब नान्टेसलाई पहिलो किस्ताको रकम नबुझाए ३ विन्डो ट्रान्सफरको प्रतिबन्ध लगाउने जनाएको छ ।

कार्डिफले सालालाई १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो । जस अनुसार कार्डिफले नान्टेसलाई पहिलो किस्ता स्वरूप ६ मिलियन पाउण्ड तिर्नु पर्ने छ ।

नान्टेसले कार्डिफलाई आफ्नो बैंक खाता उपलब्ध गराएको ४५ दिन भित्र उक्त रकम नतिरे कार्डिफलाई प्रतिबन्ध लाग्ने छ ।

अर्जेन्टिनाका स्ट्राइकर सालालाई नान्टेसबाट कार्डिफले महँगो मुल्यमा अनुबन्ध गरेको थियो । तर, फ्रान्सबाट कार्डिफतर्फ जाँदै गर्दा गत जनवरी २१ मा विमान दुर्घटना परेर सालाको निधन भएको थियो ।

साला चढेको विमान समुन्द्रमुनि दुर्घटना ग्रस्त अवस्थामा च्यानल आइसल्याण्डमा दुई सातापछि भेटिएको थियो ।

सालाको निधन भएपछि नान्टेसले उनले पाउने रकम पाउनु पर्ने दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : २७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको