दिल्लीको वायु प्रदूषणले काठमाडौंभन्दा तराईका जिल्लामा बढी असर « Khabarhub

दिल्लीको वायु प्रदूषणले काठमाडौंभन्दा तराईका जिल्लामा बढी असर


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा पनि देखापरेको छ । धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन वातावरण विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

दिल्लीको प्रदूषणले राजधानी काठमाडौंमाभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए।

प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको हो।

राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ।

नेपालको सौराहा, लुम्बिनी, नेपालगञ्ज र काठमाण्डौंमा मापदण्डभन्दा धेरै विषाक्त कण हावामा पाइएको विभागले जनाएको छ।

हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा ११५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ।

काठमाण्डौंमा भने तराईका जिल्लाभन्दा तुलनात्मक रुपमा कम अर्थात् रत्नपार्कमा १३३ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ।

तराईमा हावाको प्रदूषण बढी देखि भारतबाट आएको भन्नेमा कुनै शंका नरहेको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार यस्ता मसिना कणबाट जोगिनका लागि सामान्य खालको मास्कको प्रयोगले हुँदैन ।

त्यसका लागि एन९५ र एन९९ भनिने मास्क नै लगाउनुपर्ने लामिछाने बताउँछन्। दिल्लीमा भने प्रदूषण औसत ८०० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी पुगेको छ।

विषाक्त हावाको प्रभाव कम गर्न भारतको राजधानी नयाँ दिल्लीमा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

विषाक्त हावाको प्रभाव बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन समेत अनुरोध गरेको छ। दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले सहरवासीहरूलाई बिहान र साँझको समयमा घर बाहिर गरिने काम नगर्न अनुरोध गरेका छन्। दिल्लीमा विद्यालयहरू पनि बन्द गरिएको छन्। त्यस्तै निर्माणका काम पनि ठप्प भएका छन्।

गत शुक्रवार मात्रै सरकारले विद्यालयहरूमा ५० लाख मास्क वितरण गरेको थियो। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रदूषणको स्तर असह्य भएको बताउँदै सर्वसारधारणलाई विषाक्त हावाको प्रभावबाट बच्नका लागि सरकारले जारी गरेको सुझावको पालना गर्न अनुरोध गरेका छन्।

केजरिवालले सङ्घीय सरकारलाई हाल उत्पन्न परिस्थितिसँग जुझ्नका लागि सहयोग गर्न अनुरोध गरेका छन्।

गत आइतवार दिल्लीमा युवाहरूको समूहले समस्या समाधानका लागि सरकार अग्रसर हुनुपर्ने माग राख्दै विरोध जनाएको थियो। बीबीसीबाट ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : ४९ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको