‘मेक अप’ले निम्त्याउँछ यस्ता रोग ! « Khabarhub

‘मेक अप’ले निम्त्याउँछ यस्ता रोग !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शहरीया जीवनले मानिसलाई मेक अपबाट टाढा रहँन दिँदैन । शहरी क्षेत्रमा घरबाहिर निस्किँदा, दैनिक काममा वा कलेजमा जाँदा नियमित मेक अप नगरी हिँड्ने सायदै नहोलान् ।

युवायुवती मात्र होइन, पाका महिला पनि अनुहारको मेक अपको सौखिन हुन्छन् ।  मेक अपप्रति अत्यधिक सोख छ भने आजैबाट साबधानी अपनाउनु तपाईंहरुका लागि उचित हुनेछ । किनकी यसले विभिन्न छाला सम्बन्धी विभिन्न रोग निम्त्याउँछ ।

मेक अपले महिलाको सौन्दर्यता निखार ल्याउँने भएपनि मेक अपका नाममा अनावश्यक रुपमा अनुहार पोत्नु भनेको ठूला ठूला रोग निम्त्याउनु हो ।

मेक अप गर्ने प्रायः युवा-युवतीले मेकअपको साईड इफेक्टबारे खासै चासो दिँदैनन् । क्षणिक रुपमा राम्री देखिनुमा नै मख्ख हुन्छन् । मेक अपले क्यान्सरलगायत स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्यिाउने गर्छ।

आवश्यकता भन्दा बढी मेक अपले छालामा देखिने समस्याका विषयमा यहाँ चर्चा गरिएको छ ।

आई स्याडो लगायत आखामा लगाउने आई मेक अपले आईल्यास अर्थात आखाको ढकनीमा गम्भीर अशर गर्छ । मेकअपमा हुने रसायनले आँखाँको ढकनीमा रातो विमिरा पलाउनुका साथै दीर्घकालीन असर गर्छ ।

आँखाको मेक अपले आँखामा सुख्खापन ल्याउनुका साथै आँखा रातो बनाउँछ । मेक अपका कणहरुले आँखामा टियर डक्ट (आँशु निकाल्ने ग्रन्थी) सुकाइदिन्छ जसका काख आँखा सुख्खा हुन्छ ।

मेक अप धेरै भयो भने अनुहारमा अनावश्यक दाग देखिन्छ । मेक अपको रसायन नरम छालालाई छिद्रा पारि लामो समय त्यही रहन्छ । तसर्थ, राति सुत्नुअघि अनिवार्य रुपमा मेक अप राम्ररी पखाल्नु पर्छ ।

अनुहारको मेक अपले छालाको एलर्जी हुन्छ । एलर्जीले छालालाई रातो बनाउने, विमिरा उठ्ने, सुनिने र अन्तमा ज्वरो समेत आउँछ । रसायनमा नकरात्मक असर भएमा एलर्जी हुन्छ ।

मेक अपले छालाको बाहिरी पत्रलाई खुइलाईदिन्छ र छालाको क्यान्सर समेत हुने गर्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ०२ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा