संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ? « Khabarhub

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन-जी मुद्दाबाट उठेका परिवर्तनलाई आत्मसात गर्न पार्टी तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले कांग्रेसले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व गर्दै आएको स्मरण गराउँदै, जेन-जी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्याउन पार्टी प्रतिबद्ध रहेको बताए।

आङ्देम्बेले भने, ‘भदौ २३ र २४ गते सिंहदरबारमा भएका घटनाको अध्ययन गर्न जरुरी छ। कसैले २३ को घटना देख्छन्, कसैले २४ को घटना नदेख्ने भएको छ। यो प्रविधि एकदम गलत छ।’

उनले जाँचबुझ आयोगले पनि केवल २३ गतेको घटनामात्र अध्ययन गरेको र २४ गतेको घटना किन समावेश नभएको भन्ने प्रश्न उठाएका छन्। साथै, आयोगको प्रतिवेदन सरकारले स्वयं सार्वजनिक गर्ने कि जनता गोरखापत्र पढेर बुझ्ने भन्ने स्पष्ट नभएकोमा चिन्ता व्यक्त गरे।

‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने? ‘ भन्दै प्रश्न समेत गरेका छन्।

आङ्देम्बेले ‘एक जिम्मेवार राजनीतिक दलको रुपमा कांग्रेस परिवर्तनलाई समर्थन गर्न र खबरदारी गर्न प्रतिबद्ध छ,’ भने।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : १६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली