संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ? « Khabarhub

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन-जी मुद्दाबाट उठेका परिवर्तनलाई आत्मसात गर्न पार्टी तयार रहेको बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले कांग्रेसले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व गर्दै आएको स्मरण गराउँदै, जेन-जी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्याउन पार्टी प्रतिबद्ध रहेको बताए।

आङ्देम्बेले भने, ‘भदौ २३ र २४ गते सिंहदरबारमा भएका घटनाको अध्ययन गर्न जरुरी छ। कसैले २३ को घटना देख्छन्, कसैले २४ को घटना नदेख्ने भएको छ। यो प्रविधि एकदम गलत छ।’

उनले जाँचबुझ आयोगले पनि केवल २३ गतेको घटनामात्र अध्ययन गरेको र २४ गतेको घटना किन समावेश नभएको भन्ने प्रश्न उठाएका छन्। साथै, आयोगको प्रतिवेदन सरकारले स्वयं सार्वजनिक गर्ने कि जनता गोरखापत्र पढेर बुझ्ने भन्ने स्पष्ट नभएकोमा चिन्ता व्यक्त गरे।

‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने? ‘ भन्दै प्रश्न समेत गरेका छन्।

आङ्देम्बेले ‘एक जिम्मेवार राजनीतिक दलको रुपमा कांग्रेस परिवर्तनलाई समर्थन गर्न र खबरदारी गर्न प्रतिबद्ध छ,’ भने।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : १६ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण