कोलेस्टेरोल तथा क्यान्सर रोक्न सुकमेल ! « Khabarhub

कोलेस्टेरोल तथा क्यान्सर रोक्न सुकमेल !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपाली भान्सामा मसलाको रुपमा प्रयोग गरिने सुकुमेल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ ।

यसले ग्यास्ट्रिकबाट रक्षा गर्छ, कोलेस्टेरोल तथा क्यान्सर नियन्त्रण गर्छ, मुटुसम्बन्धी समस्याबाट राहत दिन्छ र रक्तसन्चारमा सुधार गर्छ ।

यसका साथै यो दाँतसम्बन्धी रोग र मुत्रनली संक्रमणजस्तै सिस्टाइटिस, नेफ्राइटिस र गोनोरियाको उपचारका लागि पनि फाइदाजनक मानिन्छ । यो नपु‌ंसकता, यौन उत्तेजना नहुने र चाँडै वीर्य झर्ने समस्या पनि समाधान गर्छ ।

खासगरी भारत, नेपाल र भुटानको प्रमुख मसला मानिन्छ । भारत, चीन, भुटान, भियतनाम, मलेसिया, कोरिया र जापानका उष्ण क्षेत्रमा बढी मात्रामा सुकमेल पाइन्छ ।

यसलाई मसलाको रानी भनिन्छ, जो मुल्यका हिसाबले तेस्रो महंगो मसला मानिन्छ । १ सय ग्राम सुकुमेलमा इनर्जी ३ सय क्यालोरी, कार्बोहाइड्रेट ८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ भने कोलेस्टेरोलको मात्रा शुन्य हुन्छ ।

यो भिटामिन र सुक्ष्मपोषक तत्वले भरपुर हुन्छ । यसमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, म्याग्नेसियम, फोस्फोरस र जिंक पाइन्छ ।

सुकमेलका फाइदा

  • कोलोरेक्टल क्यान्सर रोकथाम गर्छ,
  • मुटुको रक्षा गर्छ,
  • डिप्रेसन हटाउन सहयोग गर्छ,
  • ग्यास्ट्रोइन्टेस्टाइनल रोग रोकथाम गर्छ,
  • एन्टीमाइक्रोबियल तत्व पाइन्छ
  • पीडानाशक तत्व पाइन्छ,
  • दाँतको समस्या समाधान गर्छ,
  • दमको समस्या समाधान गर्छ,
  • रक्तसन्चार सुधार गर्छ,
  • घाँटी सुकेको र बान्तामा उपयोगी हुन्छ
  • पिसाबसम्बन्धी समस्या समाधान गर्छ,
  • श्वासको दुर्गन्ध हटाउने लगायतका फाइदा हुन्छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ४३ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।