२ हजार जित्ने लोभमा ५० अण्डा खाने शर्त, ४२ वटा खाँदै दम तोडे ! « Khabarhub

२ हजार जित्ने लोभमा ५० अण्डा खाने शर्त, ४२ वटा खाँदै दम तोडे !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चाहिने भन्दा बढी जे पनि हानिकारक हुन्छ । उखान यसै बनाएको होइन ‘घाटी हेरी हाड निल्नु’ । शरीरले पचाउन सक्ने क्षमता नहुँदा जिद्दी गरेर केही हुँदैन । उल्टै मृत्युको कारण बन्न सक्छ । यस्तै एउटा घटना घटेको छ भारतको उत्तर प्रदेशमा ।

उत्तर प्रदेशको जौनपुरमा एक व्यक्तिले हासी–मजाकमै ५० वटा अण्डा खाने बाजी लगाए । त्यही बाजी नै उनको मृत्युको कारण बनेको छ ।

उत्तर प्रदेशको बीबीगंज बजारमा ५० वटा अण्डा खाने शर्तमा सुभाष यादवको ज्यान गएको हो । शाहगंजको कोतवाल क्षेत्रस्थित धौरहरा गाउँका थिए उनी ।

गत शुक्रबार बेलुकी सुभाष आफ्ना एक साथीसँग बीबीगंज पुगेका थिए । जहाँ एक होटेलमा हासी मजाकमै उनीहरुबीच कसले कति अण्डा खान सक्छ भन्ने विषयमा कुरा चल्यो । तँ भन्दा म के कम ? भन्ने स्थिति आएपछि दुईजनाबीच एक बोतल म‘दिरा र ५० अण्डा जस्ले खान सक्छ उसले २ हजार रुपैयाँ जित्छ भन्ने बाजी लगाए ।

बाजी जित्नका लागि शुभाषले धमाधम अण्डा खान थाले ४१ अण्डा उनले आरामले खाए । तर, ४२ औं अण्डा खानेवित्तिकै उनी बेहोस बनेर लडे । तत्पश्चात त्यहाँ भएका केही मानिसहरुले उनलाई तत्काल जिल्ला अस्पताल पुर्‍याएका थिए । तर अवस्था निकै नाजूक बनिसकेको थियो ।

डाक्टरले उनलाई लखनउको संजय गान्धी स्नातकोत्तर आयुर्विज्ञान संस्थामा रिफर ग¥यो । तर उनीलाई त्यहाँ लगिए पनि कुनै फाइदा भएन । उपचारको दौरान उनको मृत्यु भयो ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सुभाषले यही वर्ष नै दोस्रो विवाह गरेका थिए । उनको पहिलो पत्नीबाट चार छोरी छन् । उनले छोरा जन्माउने चाहानाअनुरुप दोस्रो विवाह गरेको बताइन्छ ।

उनकी दोस्री श्रीमति पनि गर्भवती भएको बताइएको छ । यस्तो अवस्थामा पतिको मृत्युको खबर सुनेर श्रीमती लगायत घरका सदस्यहरु विक्षिप्त बनेका छन् ।

दिनमा कति वटा अण्डा खानु राम्रो ?

अण्डा खानाले यसमा पाइने प्रोटिन शरीरभित्र पुगेर एल्बुमिनमा परिवर्तन हुन्छ । यही एल्बुमिनले शरीरको अधिकांश आवश्यकतालाई पुरा गर्छ, जस्तै कोशिकाहरुको मरम्मतदेखि लिएर समग्र स्वास्थ्यमा प्रोटिनको काम गर्छ ।

सामान्यतया एक वयस्क शरीरले दैनिक एक वा दुई वटा अण्डा खानु शरीरमा प्रोटिनको आवश्यकतालाई पुरा गर्छ । तर यदि मृगौला, कलेजको वा आन्द्रा कमजोर छ भने प्रोटिन खानुपर्ने हुन्छ, यस्तोमा चिकित्सकले बढी अण्डा खान सल्लाह दिन्छन् ।

यद्यपि, दैनिक दुईभन्दा बढी अण्डा खानु स्वास्थयका लागि हानिकारक मानिन्छ । ४२ वटा अण्डा खानाले सुभाष यादवको मृत्युलाई लिएर चिकित्सक डा. श्रीकान्त शर्मा बताउँछन्, ‘यो सम्भव छ’ । उनका अनुसार, एकै पटक यतिधेरै अण्डा खानले पेटमा पाइने ‘इसोभागस भ्यारिसेस’मा दबाब पर्छ र त्यो यति फैलन्छ कि जसका कारण आन्तरिक रक्तश्राव हुन थाल्छ र तत्काल मृत्यु हुनसक्छ ।

अण्डा र मदिरा एक साथ खानु पेटमा बढ्दो दबाब ‘एक्युट डिलेसन अफ स्टोमाच’को अवस्थामा उत्पन्न हुन्छ । यस अवस्थामा पेट भित्रका अंग अत्याधिक फुल्ने र फैलिने हुन्छ र त्यो फाट्छ, जसका कराण मृत्यु हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : १० बजे

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत